मंगलवार २५ फाल्गुन, २०७७
फागुन २५, काठमाडौं । साँझ ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । नियमित एजेण्डा बाहेक अन्य विषय थाहा नभएको मन्त्रीहरुले बताएका छन् । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताइदिएपछि पहिलो पटक मन्त्रीपरिषदको बैठक बस्दैछ ।
प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसलापछि केन्द्रका नेता समेत रहेका मन्त्रीहरुसँग छलफल गर्दा उनीहरुले ओलीलाई नै साथ दिने बताएका छन् ।
यसैबीच आज ४ बजे नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बस्ने भनेर छलफल भएको थियो । तर सोही समयमा मन्त्रिपरिषद बैठक समेत परेकाले स्थगित भएको छ ।
महासचिव ईश्वर पोखरेल नेतृत्वको सचिवालय बैठक चाँडै बसेर पार्टी कार्यालय सन्चालन तथा व्यवस्थापन लगायतका विषयमा छलफल गर्ने बताइएको छ ।
nourece
lasix for congestive heart failure lasix 20 mg tablet what is lasix medicine