शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

नेप्से परिसूचकसँगै कारोबार रकम पनि घट्यो, सेयर बजारको गिरावट रोकिएन

बुधबार २८ आश्विन, २०७७ विचारवाटिका 1382

असोज २८, काठमाडौं । बुधबार साताको चौथों दिन पनि सेयर बजार ओरालो लागेको छ । मंगलबार ९ अंकले ओरालो लागेको सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार ७ अंकले घटेको हो । 

नेप्से परिसूचकमाबै होइन अघिल्लो कारोबारको तुलनामा सेयर कारोबार रकममा समेत गिरावट आएको छ । नेप्से परिसूच्क ७ दशमलव ४९ अंकले घटेर १ हजार ५ सय ६१ दशमलव १७ अंकमा झरेको छ । 

करिब २ अर्बको कारोबार मंगलबार भएको थियो तर  बुधबार डेढ अर्बको पनि कारोबार हुन सकेन । 

नेपाल स्टक एक्सचेञ्जले जानकारी दिए अनुसार २४ हजार ८ सय ९९ कारोबारबाट १९५ कम्पनीका ५२ लाख ९१ हजार ३ सय १४ कित्ता सेयर दिनभरमा खरिद बिक्री भएका छन् । त्यसमध्ये कारोबार रकम १ अर्ब ४९ करोड ६३ लाख ८७ हजार ९ सय ९२ रुपैयाँ पुगेको छ । 

जनरल इन्स्योरेन्सको कारोबार रकमका आधारमा सबै भन्दा धेरै बुधबार भएको छ । सोमबार नेप्सेमा सूचिकृत भएर जनरलको मंगलबार देखि मात्रै कारोबार शुरु भएको थियो । 
 




यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु