शुक्रबार २६ भाद्र, २०८३ (Friday September 11, 2026)

कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन : बुबाप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने पर्व

शुक्रबार २६ भाद्र, २०८३ Bichar Batika 1159


कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन : बुबाप्रति सम्मान र श्रद्धा व्यक्त गर्ने पर्व

भदौ २६ काठमाडौं ,नेपाली हिन्दू समाजमा भाद्र कृष्ण औंसीका दिन मनाइने कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिन यस वर्ष भदौ २६ गते आज मनाइँदैछ,बुबाप्रति सम्मान, श्रद्धा र कृतज्ञता व्यक्त गर्ने विशेष दिनका रूपमा यो पर्वलाई लिइन्छ। 
कुशे औंसीलाई गोकर्ण औंसी, पितृ औंसी तथा बुबाको मुख हेर्ने दिन पनि भनिन्छ,यस दिन जीवित बुबालाई मिठा–मिठा परिकार खुवाउने, नयाँ कपडा तथा उपहार दिने र आशीर्वाद लिने परम्परा छ, टाढा रहेका सन्तानहरू बुबालाई भेट्न घर फर्कने भएकाले यस पर्वले पारिवारिक सम्बन्धलाई अझ आत्मीय बनाउने विश्वास गरिन्छ।
धार्मिक मान्यताअनुसार यस दिन कुश घरमा भित्र्याउने चलन छ, सनातन धर्ममा कुशलाई पवित्र वनस्पति मानिन्छ र विभिन्न धार्मिक तथा पितृकार्यमा यसको प्रयोग गरिन्छ। 

बुबाको निधन भइसकेकाहरूले भने यस दिन गोकर्णलगायतका तीर्थस्थलमा पुगेर दिवंगत पितृको सम्झनामा श्राद्ध तथा तर्पण गर्ने परम्परा छ, काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिरमा यस अवसरमा विशेष धार्मिक गतिविधि हुने गर्छ। 
कुशे औंसी केवल धार्मिक पर्व मात्र नभई बुबाप्रतिको सम्मान, पारिवारिक प्रेम, कर्तव्य र पुस्ताबीचको सम्बन्धलाई स्मरण गराउने सांस्कृतिक पर्वका रूपमा पनि महत्वपूर्ण मानिन्छ,बदलिँदो जीवनशैलीका कारण टाढिँदै गएका परिवारका सदस्यलाई पुनः एकै ठाउँमा जोड्ने अवसरका रूपमा समेत आजकाे दिनलाई लिने गरिन्छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु