शुक्रबार १९ मंसिर, २०७७ (Friday December 04, 2020)

भूकम्पले क्षतिग्रस्त बनाएको ५५५ सम्पदाको पुनर्निर्माण

आईतवार १६ कार्तिक, २०७७ विचारवाटिका 1479

 

कार्तिक १६, काठमाडौँ । भूकम्पले उपत्यका र उपत्यकाबाहिर गरी ८ सय ९१ वटा सम्पदा क्षतिग्रस्त भएका थिए । क्षतिग्रस्तलाई विश्व सम्पदा, राष्ट्रिय सम्पदा र स्थानीय सम्पदा गरी तीन श्रेणीमा विभाजन गरेर निर्माण गरिँदै छ । भूकम्पले क्षति पु¥याएका ५ सय ५५ सम्पदाको पुनर्निर्माण सकिएको छ । 

विश्व सम्पदाका १ सय १ र राष्ट्रिय तथा स्थानीय सम्पदाका ४ सय ५४ वटाको निर्माण भूकम्प गएको ५ वर्षमा पूरा भएको छ । कार्तिक मसान्तभित्रमा थप ९ सम्पदाको निर्माण सम्पन्न हुनेछ भनेर पुरातत्त्व विभागका पुरातत्त्व अधिकृत देवेन्द्र भट्टराईले बताए । 

क्षतिग्रस्त सम्पदाको पुनर्निर्माणका लागि सरकार, जापान, भारतीय एक्जिम बैंक, अमेरिका, श्रीलंका, चीनलगायतले सहयोग गरेका छन् । पुनर्निर्माणका लागी पुरातत्त्व विभाग, स्वयम्भूनाथ विकास समिति, राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पशुपति क्षेत्र विकास कोष, गुठी संस्थान र पालिकाहरूले गरिराखेका छन् । केही सम्पदाहरु भने युनेस्को र विभिन्न मुलुकको सहयोगमा बनिरहेका छन् । त्यसैगरी १५ सम्पदा निर्माणको जिम्मा गैरसरकारी संस्था काठमाडौं भ्याली प्रिजरभेसन ट्रस्टले लिएका छन् । ८ सय ९१ सम्पदामध्ये ३ सय ३७ को जिम्मा पुरातत्त्व विभागले लिएको छ । 

६ वर्षको समय सीमा तोकेर सम्पदा पुनर्निर्माण गर्ने योजना राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले बनाएको थियो । ६ वर्षमा ३५ अर्ब २३ करोड, ३२ लाख रुपैयाँ खर्च लाग्ने अनुमान थियो । पहिलो वर्ष ८ अरब ३० करोड, दोस्रो वर्ष ८ अर्ब १८ करोड, तेस्रो वर्ष ७ अर्ब ५६ करोड, चौथो वर्ष ५ अर्ब ८२ करोड र अन्तिम वर्ष ५ अर्ब रुपैयाँ खर्च गर्ने अनुमान गरिएको थियो । तर प्राधिकरणले अघि सारेको यो योजनाअनुसार काम भने भएन । विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए बमोजिम पुरातत्त्व विभागले निर्माण गर्ने ३ सय ३७ सम्पदाका लागि मात्र ९ अर्ब ८७ लाख रुपैयाँ लाग्ने अनुमान रहेको छ । अहिलेसम्म झन्डै ३ अर्ब रुपैयाँ खर्च भएको छ ।

भूकम्पले अति प्रभावित १४ जिल्लामा मात्र ७ सय ५३ सम्पदामा क्षति पुगेको थियो । तीमध्ये १ सय ३३ मा पूर्ण क्षति र ६ सय २० मा आंशिक क्षति भएको थियो । विश्व सम्पदा क्षेत्रमा १ सय ४० र त्यसबाहेक ६ सय १३ सम्पदामा क्षति पुगेको थियो । उपत्यकाबाहिर ३ सय ९२ सम्पदा क्षतिग्रस्त भएका थिए । उपत्यकाबाहिरका ३ सय ९२ मध्ये १ सय ५२ सम्पदाको पुनर्निर्माण सम्पन्न भएको विभागले जनाएको छ । उपत्यकामा ४ सय ९९ सय सम्पदामा क्षति पुगेको विभागको तथ्यांक छ । 

भूकम्पले सिन्धुलीमा ७, काभ्रेपलाञ्चोकमा १९, सिन्धुपाल्चोकमा ४३, नुवाकोटमा ३०, रामेछापमा ३२, दोलखामा ३८, रसुवामा ७, कास्कीमा ४, लमजुङमा ९, धादिङमा २१, स्याङ्जामा ९, बागलुङमा २, मकवानपुरमा ५, पर्वतमा १, म्याग्दीमा १, गुल्मीमा ६, पाल्पामा ६, अर्घाखाँचीमा ६, ओखलढुंगामा ९, तनहुँमा ३, भोजपुरमा ६, धनकुटामा २, खोटाङमा १, गोरखामा ४७, सोलुखुम्बुमा १ र संखुवासभामा १ सम्पदामा क्षति पुगेका थिए । ती जिल्लामा क्षतिग्रस्त सम्पदामध्ये १ सय १ सम्पदाको काम सुरु भएकै छैन ।  

क्षतिग्रस्त सम्पदाका पुनर्निर्माणका क्रममा अधिकांश सम्पदामा विवाद देखा परे । खासगरी प्राचीन स्मारक संरक्षण ऐनविपरीत सम्पदा पुनर्निर्माण गर्न खोजिएपछि संरक्षणकर्मी विरोधमा उत्रिएका थिए । कतै ऐनविपरीत आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजियो । विरोधकै कारण सरकार प्राचीन शैली, प्राचीन निर्माण सामग्री र प्राचीन सीप प्रयोग गरेरै निर्माण गर्न बाध्य भयो । त्यसरी निर्माण सम्पन्न भएको पछिल्लो सम्पदा हो रानीपोखरी जुन प्रताप मल्लकालीन ग्रन्थकुट शैलीमा मन्दिर निर्माण भएको छ । प्राचीन शैलीमै पिँध बनाएर रानीपोखरी भरिएको छ ।

पुरातत्त्व विभाग र काठमाडौं महानगरपालिकाले समयमै निर्माण नगरेपछि सरकारले यी दुवै निकायबाट खोसेर पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिएको थियो । विभिन्न तीर्थस्थलबाट ल्याइएको जल राखेर राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी उद्घाटन गरेकी थिइन् । प्राधिकरणले डेढ वर्षमै रानीपोखरी निर्माण सम्पन्न गरेको हो ।

काठमाडौं महानगरपालिकाले दुई पटकसम्म ठेक्काको सूचना निकालिसकेर पनि त्यसलाई रद्द गरेर उपभोक्ता समितिलाई निर्माणको जिम्मा दिइएको थियो । काष्ठमण्डपको जगमा आधुनिक निर्माण सामग्री प्रयोग गर्ने, चुकुलको ठाउँमा काँटी ठोक्नेजस्ता प्राचीन स्मारक संरक्षण ऐनविपरीत हुने गरी नक्सा बनाएपछि संरक्षणकर्मीले विरोध जनाएका थिए । ठेक्कामा दिनु हुँदैन भन्ने माग राखेपछि उपभोक्ता समितिलाई कामको जिम्मा दिइएको हो । महानगरको अनुदानमा काष्ठमण्डप पुनर्निर्माण समितिले यसको निर्माण गरिरहेको छ । यसको ७० प्रतिशत काम भइसकेको समितिले बताएको छ । काष्ठमण्डप तीनतले छ । विवादले काम थाल्न ढिला भए पनि धरहराको निर्माण पछिल्लो समय तीव्र गतिमा भइरहेको छ । यसका २२ तलामध्ये १७ तलाको ढलान भइसकेको छ । प्राधिकरणका कार्यकारी निर्देशक सुशील ज्ञवालीले भने ‘पुससम्म २२ तला नै ढलान सकिन्छ ।’ 

मन्त्रिपरिषद्ले धरहरा निर्माणको जिम्मा नेपाल टेलिकमलाई दिएको थियो । टेलिकमले लागतसमेत बढी देखाएर यसलाई व्यापारिक प्रयोजनमा लगाउने उद्देश्य राखेपछि पुरातत्त्व विभागले निर्माणको जिम्मा दिएन । यसको निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नै पाएको थियो । लकडाउनले दुई महिना काम रोकिए पनि अहिले काम धमाधम भइरहेको छ । 
तर विवादका कारण अझै केही सम्पदाको पुनर्निर्माण सुरु नै हुन सकेको छैन । विश्व सम्पदा क्षेत्रमा यही वर्षभित्र सबै पुनर्निर्माण सम्पन्न गर्ने युनेस्कोले समय सीमा तोकेको छ । वसन्तपुर दरबार क्षेत्रको आगम छें, जगन्नाथ, गोपीनाथ र शिवपार्वती मन्दिरको निर्माण सुरु नै भएको छैन । यी मन्दिरमध्ये केही जापानको सहयोगमा बन्न लागेको थियो भने कुनै युनेस्कोले बनाउने भएको थियो । अहिले उपभोक्ता समितिमार्फत काम गर्ने निर्णय भए पनि काम अघि बढेको छैन ।

पशुपति क्षेत्रको विश्वरूप, बज्रघर, चौघेरा सत्तल र पञ्चदेवलको निर्माण सुरु भएको छैन । 
 




मतहरू

ywrnfkodp

???????? ??????????? ?????? ??? ???????? ???????????? [url=http://www.glxcm16im87m2h77339i6ix3g1ari692s.org/]uywrnfkodp[/url] aywrnfkodp ywrnfkodp http://www.glxcm16im87m2h77339i6ix3g1ari692s.org/

55 Interactive Flat Panel

55 Interactive Flat Panel

Lapel Pin Packaging Supplier

China Lapel Pin Packaging

Shotcrete Supplier

Shotcrete

50m3/H Low Price Concrete Batching Plants

50m3/H Low Price Concrete Batching Plants

China Aluminum Ceiling Sheet

Aluminum Ceiling Sheet

Autonomous Mining Equipment

Autonomous Mining Equipment

3d Laser Scanning Companies California

3d Laser Scanning Companies California

Generator For House

Generator For House Supplier

China 100L High Pressure Oxygen Generator

China 100L High Pressure Oxygen Generator

Cnc Turned Components

Cnc Turned Components Supplier

China Steel Wire

Steel Wire Supplier

Vertical Series

Vertical Series

Galvanised Pipe And Fittings

Galvanised Pipe And Fittings

Chip Placement Machine

Chip Placement Machine

Linear

Linear

Clay Face Mask

Clay Face Mask

Hydraulic Uncoiling

Hydraulic Uncoiling

Aluminum Foil Pan In Oven

Aluminum Foil Pan In Oven

China 32 Pages Exercise Book

China 32 Pages Exercise Book

Essential Oil Distiller Equipment

Essential Oil Distiller Equipment

Sports and Entertainment Accessories

China Sports and Entertainment Accessories

Corded Drill Driver

Corded Drill Driver Supplier

China Adss Clamp

China Adss Clamp

Baby Hooded Beach Poncho

Baby Hooded Beach Poncho Supplier

China Frozen Squid Whiskers

Frozen Squid Whiskers Supplier

Galvanized Steel Corrugated Price

Galvanized Steel Corrugated Price

Beauty Box

Beauty Box


यसमा तपाइको मत


सम्बन्धित शीर्षकहरु