आईतवार २४ कार्तिक, २०८२ (Sunday November 09, 2025)

रामेछाप -काठमाडौं सम्पर्क मञ्चको सहकार्यमा मन्थली नगर- सम्पर्क मञ्चले पुष्पलालकाे ४६ औं स्मृति दिवसको अवसर पारि बृहत रक्तदान कार्यक्रम गर्दैं ।

मंगलवार १ श्रावण, २०८१ विचारवाटिका 1918


रामेछाप -काठमाडौं सम्पर्क मञ्चको सहकार्यमा मन्थली  नगर- सम्पर्क मञ्चले पुष्पलालकाे ४६ औं  स्मृति दिवसको अवसर पारि  बृहत रक्तदान कार्यक्रम  गर्दैं ।

श्रवण १ काठमाडौं , नेपाल कम्युनिष्ट पार्टीको संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४६ औं  स्मृति दिवसको अवसर पारि यहि श्रवण ५ गते ललितपुर रक्त सञ्चार सेवाकाे प्रविधिक सहयाेग तथा नेकपा ( एमाले) रामेछाप -काठमाडौं सम्पर्क मञ्चको सहकार्यमा मन्थली नगर - काठमाडौं सम्पर्क मञ्चले बृहत रक्तदान कार्यक्रम गर्न गहिरहेकाे नगर सम्पर्क मञ्चको अध्यक्ष अरूण अधिकारीले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।


  रक्तदान कार्यक्रम नितान्त सामाजिक सेवामूलक कार्य भएकाेले जाे जस बाट आयाेजित भएता पनि सबै स्वास्थ व्यक्तिहरूले तीन तीन महिनाकाे अन्तरमा आफ्नाे तेतिकै खेर जाने रगत दान गरि रगतकाे अभावले छट्पटी रहेकाे बिरामीको ज्यान बचाउने महान कार्यमा उपस्थिति भै स्वास्थले साथ दिएमा रक्तदान कार्यमा समेत  सहभागी भैदिनुहुन रामेछाप - काठमाडौं सम्पर्क मञ्च मातहतको आठै वटा पालिका सम्पर्क मञ्च ,६४ वटै वडा सम्पर्क मञ्चको पदाधिकारी तथा सदस्यहरू लगायत सम्पूर्ण रामेछापेली हरूलाई अध्यक्ष अधिकारीले अनुराेध गर्नु भएकाे छ ।


  रक्तदान कार्यक्रम क्वालिटी बैङ्क्वेट बुद्वनगरमा बिहान १०बजे देखि दिउसाे १बजे सम्म जारी रहने समेत अध्यक्ष अधिकारीले जानकारी गराउनु भएकाे छ ।

पुष्पलालकाे ४५ औं  स्मृति दिवसको अवसरमा मन्थली नगर सम्पर्क मञ्च द्वारा  आयाेजित रक्तदान कार्यक्रमकाे भिडियो ..

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु