आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

मन्त्री ढुंगेललाई रामेछापमा भव्य स्वागत  

शुक्रबार २७ चैत्र, २०७७ विचारवाटिका 1914


मन्त्री ढुंगेललाई रामेछापमा भव्य स्वागत  

समाचार स्रोतः राज मैनाली 

चैत २७, काठमाडौं । नेपाल सरकार वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुंगेललाई रामेछापको सुनापाती गाउँपालिका अन्तरगत वडा नं. ४ भ्वोसाको स्थानिय वासिन्दाले भव्य स्वागत गरेको छ । साथै वुद्ध धर्म परम्परा अनुसार भ्वसाको पेमा छोईवेलिङ गुम्बा भ्वसाका अध्यक्ष रहर सिङ तामाङ र मनिपा आमा समुह भ्वोसाले वुद्ध परम्परा अनुसार पेमा छोईवेलिङ गुम्बामा विशेष स्वागत र सम्मान गरिएको छ । राष्ट्रिय यूवा संघ रामेछापको जिल्ला सदस्य नरमान तामाङ (रगत)ले यस कार्यक्रमको व्यवस्थापन गर्नुभएको थियो । यसैगरी सुनापाती गाउँपालिका ४ अन्तरगत डहूमा निर्माणाधिन रहेको ङग्युर छोईवेलिङ डहू गुम्बामा राष्ट्रिय यूवा संघ नेपालको केन्द्रीय सदस्य तथा नेकपा एमाले नेता रबिन्स लामाको नेतृत्वमा गुम्बाको अध्यक्ष सूर्य दोङ नेकपा (एमाले)का नेता अम्बर ध्वज लामा, समाज सेवी सनक लामा (आदि), छिरिङ लामा यूवा संघ प्रदेश सदस्य अनिल लामा र रुजन लामा, मनिपा आमा समूह डहु, बुद्धिजिवी, समाजसेवी लगायत स्थानिय वासिन्दाले भव्य स्वागत गरेका छन् । 

मन्त्री ढुंगेलले भ्वोसामा रहेको पेमा छोईवेलिङ गुम्बालाई २५ लाख डहूमा रहेको ङग्युर छोईवेलिङ गुम्बालाई २५ लाख रुपैयाँ आगामी बजेटमा बिनियोजन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै सुनापाती वडा नं. ४ लगायत यस पालिकामा आवश्यक्ता अनुसार मठ मन्दिर, बाटोघाटो, सिचाईं, कृषि, पर्यटन, भौतिक पूर्वाधार लगाायत विकास निर्माणमा आवश्यक्ता अनुसार बजेट बिनियोजन गर्ने प्रतिबद्धता गरेको छ । साथै सुनापातीमा वृहत खानेपानी योजनाको काम अगाडी बढ्ने छ भन्ने प्रतिबद्धता मन्त्री ढुंगेलले गर्नुभएको छ । नेकपा एमाले रामेछापका युवा नेता राज मैनालीले जानकारी गराए । 

यसै गरी मन्त्री ढुंगेललाई पशुपति मा.वि.को वि. व्यवस्थापन समितिको अध्यक्ष सुमन लामा (सौजन्य) शिक्षक वर्ग, बुद्धिजिवी तथा विद्यार्थीहरुले भव्य स्वागत र सम्मान गरेका छन्  ।


                                                                                                                              तस्बिरः राज मैनाली  
 




मतहरू

Abgcswata

https://thesiswritingtob.com/ - thesiswritingtob.com thesis writing service reviews thesiswritingtob.com best thesis

smocupt

Stromectol

buy hydroxychloroquine sulfate online

Blog Sur Clomid

gabapentin doses

Buy Female Viagra Online Australia


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु