शनिबार १ जेष्ठ, २०७८ (Saturday May 15, 2021)

सिमेन्ट बोकेको ट्रकमा आगलागी

मंगलवार २१ बैशाख, २०७८ विचारवाटिका 1434


सिमेन्ट बोकेको ट्रकमा आगलागी

वैशाख २१, वीरगञ्ज । हेटौडाबाट सिम्रौनगढ तर्फ आउँदै गरेको सिमेन्ट बोकेको ना.४ ख. ९५९८ नम्बरको ट्रकमा आगलागी भएको छ ।

बाराको कोल्हवी नगरपालिका- ४ स्थित तामागढी कोल्हबी सडकखण्डमा बिहान ९ः१० बजे ट्रकमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

करिब २ लाख ५६ हजार मूल्यको सिमेन्ट ४ सय २० बोरा र १५ लाख ४४ हजार रुपैयाँको ट्रकमा आगलागीबाट क्षति पुगेको छ ।

ट्रकको पछाडिको चक्का पड्किएर एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु