बिहीबार १ आश्विन, २०८३ (Thursday September 17, 2026)

कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

बिहीबार १ आश्विन, २०८३ Bichar Batika 1119


कृष्णभीरमा नयाँ ट्र्याक खुलेपछि पृथ्वी राजमार्ग दुईतर्फी सञ्चालन

असाेज १ धादिङ  , सडक भासिएर अवरुद्ध भएको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीर खण्डमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएसँगै यातायात दुईतर्फी सञ्चालनमा आएको छ।
 असोज १ गते बिहीबार बिहान ६ बजेदेखि सवारीसाधन दुवैतर्फ सञ्चालनमा आएकाे जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ,भदौ १० र १४ गते रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण कृष्णभीर क्षेत्रमा सडक भासिएपछि राजमार्गमा यातायात पूर्ण रूपमा ठप्प भएको थियो, आज१८ दिन पछि सडक डिभिजन कार्यालयले वैकल्पिक नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालनमा ल्याएको छ ।
 राजमार्गका विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायमै रहेकाले प्रशासनले चालक तथा यात्रुलाई सतर्कता अपनाउन आग्रह गर्दै वर्षाका बेला सडकमा अवरोध देखिए जोखिम मोलेर यात्रा नगर्न र सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न समेत प्रशासनले अनुरोध गरेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु