मंगलवार ४ चैत्र, २०८१ (Tuesday March 18, 2025)

पुरानो निति खारेज गरि नयाँ निति एक वर्ष भित्रै ल्याउछाैं :- सञ्चार मन्त्री गुरूङ ।

शनिबार १२ श्रावण, २०८१ विचारवाटिका 1475


पुरानो निति खारेज गरि नयाँ निति एक वर्ष भित्रै ल्याउछाैं :- सञ्चार मन्त्री गुरूङ ।

श्रवण १२ काठमाडौं , सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले सञ्चार तथा सुचना प्रविधि क्षेत्रलाई गतिशील बनाउन पुरानो ऐन ,कानुन र निति खारेज गरि नयाँ ऐन ,कानुन र निति बनाउनु पर्ने बेला भएकाे बताउनु भएकाे छ ।
 शुक्रबार क्यान महासंघले आयाेजना गरेकाे बीटुबी समिट २०२४ मा बाेल्नु हुँदै मन्त्री गुरूङले सञ्चार तथा सुचना प्रविधि क्षेत्रमा रहेकाे सबै पुरानो निति खारेज गरि नयाँ निति एक वर्ष भित्रै बनाउने बताउनु भयाे ।


  मन्त्री गुरूङले देशमा ठुल्ठुला परिवर्तनहरू भएपनि सञ्चार तथा सुचना प्रविधि क्षेत्रमा भने पञ्चायत काल देखिकै ऐन कानुन अहिलेसम्म रहेकाेले अब त्याे ऐन कानुन निति नयाँ बनाउने बताउनु हुदै  , ब्राेडकास्टिङ ऐन  पनि अहिले पनि पुरानै रहेकाेले यसलाई नयाँ जनादेश अनुसार बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयाे ।
 मन्त्री गुरूङले सुचना प्रविधि निति तथा विद्येेयक बनाउन खुलेर सुझाव दिन समेत सबैलाई आग्रह गर्दै  मन्त्रालयले नीति र कानुन बनाउदा क्यान , महासंघ , एफएनसीसी आई , सीएन र प्रविधिका विज्ञलगायत सग छलफल गरेर मात्रै बनाउनुने बताउनु भयाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु