शुक्रबार २ बैशाख, २०७९
बैशाख २ रामेछाप , गोठगाउँ सरोकार समाजले यो वर्षको नयाँ वर्ष सदाको भन्दा फरक शैलीमा भव्य रूपमा सम्पन्न भएको छ।

सरोकार समाजले नयाँ बर्षकै दिन गोठगाउँको पर्यटकीय क्षेत्र आहाल गैरामा नयाँ बर्षको शुभकामना आदानप्रदान ,नयाँ सालको भित्तेपात्रो लोकार्पण तथा वनभोज कार्यक्रमको आयोजना गरि तीन सयको हाराहारीमा गोठगाउँ –गोठपानी बासीहरूको उपस्थितिमा नयाँ बर्ष मनाएको थियो ।

गोठगाउँ सरोकार समाजको अध्यक्ष संजय कुमार थापाको अध्यक्षता तथा वडा कार्यालय गोठगाउँको वडा अध्यक्ष नर बहादुर थापाको प्रमुख आतिथ्यमा आयोजना गरियको कार्यक्रममा नेपाली काँग्रेस ,रामेछाप जिल्ला कार्यसमिति उपसभापति लेख बहादुर कार्की र निशान हस्पिटल पाल्पामा कार्यरत डा. केशब सिंह धामी विशेष अतिथि रहनु भएको थियो भने नेपाली काँग्रेसका युवा नेता रत्न बहादुर कार्की ,भुतपुर्व सैनिक संघ रामेछाप जिल्ला सभापति जय बहादुर कठायत,जनप्रतिनिधि बिमल कुमार कठायत ,सिर कुमारी श्रेष्ठ ,नेकपा एमाले रामेछाप जिल्ला कमिटी सदस्य सीता कुमारी खत्री ,उद्योग वाणिज्य महासंघ रामेछापको कोषाध्यक्ष पवन कुमार कठायत, नेपाली काँग्रेस जिल्ला कार्यसमिति रामेछापको आमन्त्रित सदस्य तोप बहादुर थापा, माओवादी केन्द्र वडा कमिटी गोठगाउँको अध्यक्ष दुर्गा बहादुर थापा,विचार वाटिका मिडिया प्रा.लि.को अध्यक्ष दिल बहादुर श्रेष्ठ ,वडा कार्यालय गोठगाउँको सचिव केशव प्रसाद दाहाल , सहायक कम्प्युटर अपरेटर दुर्गा बहादुर कठायत,पुर्व शिक्षक ज्ञान प्रसाद श्रेष्ठ ,शिक्षक बद्री प्रसाद सापकोटा, सत्यनारायण श्रेष्ठ ,गोठगाउँ स्वास्थ्य चौकीका इन्चार्ज दामु शेर्पा,लगायतका व्यक्ति हरू अतिथि रहनु भएको थियो।

कार्यक्रममा सरोकारको उपाध्यक्ष देब कुमारी श्रेष्ठ स्वागत मन्तव्य राख्नुको साथै सचिव मीन बहादुर श्रेष्ठ कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।


तस्विर:खिल बहादुर श्रेष्ठ