सोमबार १८ श्रावण, २०८३ (Monday August 03, 2026)

अलोकतान्त्रिक काममा सहयोगी नबन्न विपक्षी गठबन्धनको आग्रह 

आईतवार १६ जेष्ठ, २०७८ विचारवाटिका 2417


अलोकतान्त्रिक काममा सहयोगी नबन्न विपक्षी गठबन्धनको आग्रह 

जेठ १६, काठमाडौं । सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै विपक्षी गठबन्धनले त्यस्ता काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान बसेको बैठकले सो आग्रह गरेको हो ।

कोरोना महामारीबाट देश पुरै आक्रान्त भइरहेको कठिन परिस्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अवहेलना र उल्लंघन गर्ने काम गर्दै आएको विपक्षी गठबन्धनको आरोप छ ।

‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ’ भनेर बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु