आईतवार ५ जेष्ठ, २०८२ (Sunday May 18, 2025)

अलोकतान्त्रिक काममा सहयोगी नबन्न विपक्षी गठबन्धनको आग्रह 

आईतवार १६ जेष्ठ, २०७८ विचारवाटिका 1925


अलोकतान्त्रिक काममा सहयोगी नबन्न विपक्षी गठबन्धनको आग्रह 

जेठ १६, काठमाडौं । सरकारले अलोकतान्त्रिक र असंवैधानिक काम गरिरहेको आरोप लगाउँदै विपक्षी गठबन्धनले त्यस्ता काममा संलग्न नहुन राज्यका सबै अंग र निकायहरुलाई आग्रह गरेका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा आइतबार बिहान बसेको बैठकले सो आग्रह गरेको हो ।

कोरोना महामारीबाट देश पुरै आक्रान्त भइरहेको कठिन परिस्थितिको दुरुपयोग गरी प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको अवहेलना र उल्लंघन गर्ने काम गर्दै आएको विपक्षी गठबन्धनको आरोप छ ।

‘सरकारका संविधान विपरीतका र अलोकतान्त्रिक कामकारबाहीमा सहयोगी नहुन राज्यका सबै अंग र निकायहरुलाई पनि आग्रह गर्दछौं ’ भनेर बैठकपछि जारी संयुक्त विज्ञप्तिमा लेखिएको छ । 

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु