मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई नेकाको आग्रह

बिहीबार २१ श्रावण, २०७८ विचारवाटिका 2502


शिक्षा ऐन व्यवसायीमैत्री बनाउन प्रधानमन्त्रीलाई नेकाको आग्रह

श्रावण २१, काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ(नेका)ले प्रधानमन्त्री शेरबहादुर देउवालाई शिक्षा ऐन व्यवसायी मैत्री बनाउन आग्रह गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा संघका केन्द्रीय अध्यक्ष सन्तोष प्याकुरेलले शिक्षा ऐन व्यवसायी मैत्री बनाउन र शैक्षिक परामर्शको क्षेत्रमा रहेका व्यवसायीहरुका समस्या समाधान गरिदिन आग्रह गरेका हुन् ।


प्रधानमन्त्री देउवाले समस्या समाधान गर्न समन्वयकारी भूमिका खेल्ने प्रतिवद्धता जनाएको सचिव संघका दीपक कोइरालाले जानकारी दिए ।

प्रधानमन्त्रीसँगको भेटमा अध्यक्ष प्याकुरेलसँगै उपाध्यक्ष निरज सिटौला, महासचिव राकेश श्रेष्ठ, सचिव दीपक कोइराला, कोषाध्यक्ष रमण कोइराला, सदस्यहरु वि.पी शर्मा, विक्रम शर्मा कँडेल र केशव सिंखडाको सहभागिता थियो ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु