बिहीबार १३ जेष्ठ, २०७८
जेठ १३, काठमाडौं । अबको ३ दिन बाढी पहिरो र उच्च वर्षाको सम्भावना रहेको भन्दै गृह मन्त्रालयको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढी पहिरोको सम्भावित जोखिम क्षेत्रका बस्तीलाई तत्काल सुरक्षित स्थानमा सार्न सरोकारवाला निकायसँग आग्रह गरेको छ ।
बिहिबारदेखि शनिबारसम्म पश्चिमी बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र यास् चक्रवातको असरका कारण कणर्ाली र सुदूरपश्चिमबाहेक सबै प्रदेशमा उच्च वर्षा र बाढी पहिरोको जोखिम बढेको भन्दै प्राधिकरणले हिमाल आरोहणमा गएका पर्वतारोहीलाई समेत तत्काल फिर्ता बोलाउन आग्रह गरेको छ ।
प्रदेश १, प्रदेश २, वाग्मती र लुम्बिनी प्रदेशको तराई भेगमा भारी वर्षा र उच्च वेगको हावाहुरी चल्ने सम्भावना भएको प्राधिकरणले बताएको छ । त्यस्रगरी गण्डकी, वाग्मती र प्रदेश १ को हिमाली एवं उच्च पहाडी भूभागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने सम्भावना रहेको प्राधिकरणले बताएको छ । कणर्ाली र सुदूरपश्चिममा भने मध्यम वर्षाको आकलन गरिएको छ ।
बुधबार प्राधिकरणले प्रेस नोट जारी गर्दै विपद् व्यवस्थापनमा खट्ने सबैमा बाढी पहिरोको जोखिम रहेको तटीय क्षेत्र एवं सम्भावित जोखिम क्षेत्रको बस्तीलाई सुरक्षित स्थानमा सार्न आग्रह गरेको हो ।
साथै आफ्नो आसपासको ठाउँमा बाढी पहिरो डुबान, कटान आदि जोखिमयुक्त अवस्था देखिएमा विपद् व्यवस्थापन समिति वा सुरक्षा निकाय वा पालिकामा खबर गर्न पनि आग्रह गरिएको छ ।
प्राधिकरणले सम्भावित बाढीको खबर पाउन ११५५ मा फोन गर्न पनि आग्रह गरेको छ ।
If you don t take your meds, you re putting your health and future at risk where to buy cialis cheap
Arrorus
The predicted probability of a pregnancy being viable intra- uterine for any given progesterone concentration plotted together with the sensitivity and specificity is presented in Figure 2 priligy review Clinical applications of polygenic breast cancer risk a critical review and perspectives of an emerging field