आईतवार १७ जेष्ठ, २०८३ (Sunday May 31, 2026)

निषेधाज्ञा खुकुलो भएपछि सवारी साधनको चहलपहल धेरै 

शुक्रबार २१ जेष्ठ, २०७८ विचारवाटिका 2411


निषेधाज्ञा खुकुलो भएपछि सवारी साधनको चहलपहल धेरै 

जेठ २१, काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकामा १० दिनको लागि थप गरिएको निषेधाज्ञाको पहिलोदिन सवारी साधनको चहलपहल धेरै देखिएको छ ।

सवारी साधन सञ्चालन सम्बन्धी व्यवस्थामा परिवर्तन नगरिएको भएपनि शुक्रबार उपत्यकाका सडकमा पहिलेभन्दा धेरै सवारी चलेको ट्राफिक प्रहरीले जनाएको छ ।

प्रहरीले भने अत्यावश्यक सेवाका बाहेक अन्य सवारीलाई रोकेर होल्डिङ सेन्टरमा राखेको छ । निषेधाज्ञा खुकुलो भयो भन्ने भ्रमका कारण पनि सवारी धेरै भएको प्रहरीको आकलन छ । 

निषेधाज्ञा खुकुलो भयो भन्ने आम धारणाका कारण सडकमा धेरै भिड बढेको हुन सक्ने नेपाल प्रहरीका प्रवक्ता वसन्त बहादुर कुँवरले बताए । 

प्रहरीले निषेधाज्ञा कार्यान्वयन गराउनको लागि काठमाडौंका विभिन्न स्थानमा चेकिङ गर्दै आएको छ । कोरोना संक्रमणका कारण भिडभाड गर्न बन्देज भए पनि  प्रहरीको चेकिङ स्थलमा भने सवारी साधन र तिनका चालकहरूको भिड देखिन्छ ।

सरकारले शुक्रबारदेखि सुरु भएको निषेधाज्ञामा किराना पसल, वर्कसप, निर्माण कार्य लगायत खोल्न दिने निणर्य गरेको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु