बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

बर्खाको सुरुवातमै बाढीपहिरोको वितण्डा

बुधबार २ असार, २०७८ विचारवाटिका 1724


बर्खाको  सुरुवातमै बाढीपहिरोको वितण्डा

असार २, काठमाडौं । दुई दिनदेखि परेको वर्षाले गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा धनजनको क्षति भएको छ  ।

मेलम्चीमा आएको बाढीले सदरमुकाम चौतारा र हेलम्बु गाउँपालिका सबैभन्दा बढी प्रभावित भएका छन् ।

मेलम्ची बजारबाट चौतारा जोड्ने पुल, मेलम्ची बजारबाट दुवाचौर जोड्ने पुल, हेलम्बुको चनौटेमा रहेको पुल बाढीले बगाएको छ । साथै हालसालै बनेको नाकोटेमा रहेको पुल पनि बगाएको छ । 

मेलम्ची खानेपानी आयोजनाको ड्यामलाई पनि बाढीपहिरोले क्षति पुर्‍याएको छ । मेलम्ची आयोजनामा कार्यरत चिनियाँ कामदार बसेको क्याम्प, सशस्त्र प्रहरीको क्याम्प र प्रहरी चौकीमा पनि क्षति पुगेको छ ।

बजार क्षेत्रमा लेदोसहितको बाढी पसेको छ । रेडियो मेलम्चीको भवन पूरै डुवानमा परेको छ । नदी आसपासका क्षेत्रमा बाढीले ठूलो क्षति गरेको छ । तटीय क्षेत्रमा रहेका ट्राउट माछा फार्म बाढीले बगाएको छ ।

पाल्पामा घर पुरिँदा एकजनाको मृत्यु भएको छ भने बाजुरामा खोलाले बगाएर बेपत्ता दुईमध्ये एकको शव फेला परेको छ ।  

बाढीले मनाङको चामेमा हुलाक कार्यालयसहित ५ घर बगाएको छ । त्यसैगरी बागलुङमा पहिरोले १४ परिवार विस्थापित भएका छन् । कास्कीको मादीमा निर्माणाधीन सुपर मादी हाइड्रोपावरमा पनि बाढीले क्षति पुर्याएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु