आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

काठमाडौँमा ट्राफिक प्रहरीको कारबाही तीव्र, २४ घण्टामा ३३६ सवारीसाधन कारबाहीमा

शनिबार ८ कार्तिक, २०८३ Bichar Batika 1097


काठमाडौँमा ट्राफिक प्रहरीको कारबाही तीव्र, २४ घण्टामा ३३६ सवारीसाधन कारबाहीमा

असाेज ७ ,काठमाडौँ । काठमाडौँ उपत्यकामा सवारी नियम उल्लङ्घन गर्ने सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र बनाएको छ। पछिल्लो २४ घण्टामा विभिन्न सवारी नियम उल्लङ्घन गर्ने ३३६ सवारीसाधन कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरी सवारीसाधन चलाउने १०२ जना चालक कारबाहीमा परेका छन्। त्यस्तै, सिसी क्यामराको निगरानीबाट ३९ र रातो बत्ती उल्लङ्घन गर्ने २० चालकलाई कारबाही गरिएको छ।
कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीका अनुसार तीव्र गतिमा सवारीसाधन चलाउने ५७, हर्नसम्बन्धी नियम उल्लङ्घन गर्ने आठ तथा लेन अनुशासन पालना नगर्ने तीन सवारीसाधन कारबाहीमा परेका छन्।
यसैगरी, सवारीसाधनको अवस्था ठीक नभएका दुईवटा सवारीसाधन र अन्य कसुरमा १०५ सवारीसाधनलाई कारबाही गरिएको कार्यालयले जनाएको छ,चाडपर्वका समयमा सवारीसाधनको आवागमन बढ्ने भएकाले ट्राफिक प्रहरीले नियम उल्लङ्घन गर्ने चालक तथा सवारीसाधनमाथि निगरानी बढाउँदै आएको छ। प्रहरीले सम्भावित दुर्घटना न्यूनीकरण गर्न सवारी नियमको पालना गर्न र मादक पदार्थ सेवन गरी सवारीसाधन नचलाउन चालकलाई आग्रह गरेको छ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु