शनिबार ८ कार्तिक, २०८३
कात्तिक ७, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आजदेखि दुईमहिने राष्ट्रिय जागरण अभियान सुरु गर्दैछ। अभियानको उद्घाटन आज दिउँसो साढे २ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा हुने गहिरहेकाे र उद्घाटन समारोहलाई पार्टीका संयोजक पुष्पकमल दाहाल र सहसंयोजक माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यक्रम तय भएकाे नेकपाले जनाएकाे छ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आएको नेकपाले दसैँलगत्तै आन्दोलनमा जाने बताउँदै आएको थियो। सोही क्रममा सुरु गर्न लागिएको राष्ट्रिय जागरण अभियानलाई सरकारमाथि दबाब बढाउने र पार्टी संगठनलाई थप सुदृढ बनाउने उद्देश्यसँग जोडिएको नेताहरूले बताएका छन्।
अभियानमार्फत पार्टीका गतिविधि विस्तार गर्ने, जनतासँगको सम्बन्ध थप मजबुत बनाउने तथा समसामयिक राजनीतिक विषयमा जनतालाई जागरुक बनाउने लक्ष्य राखिएको बताइएको छ,अभियानका कार्यक्रम, कार्ययोजना तथा अन्य विस्तृत विवरण उद्घाटन समारोहबाट सार्वजनिक गरिने नेकपाले जनाएको छ