बुधबार २० श्रावण, २०८३ (Wednesday August 05, 2026)

काठमाडौंमा डुबे ३८२ घर, १३८ जनाको उद्धार

सोमबार २१ भाद्र, २०७८ विचारवाटिका 2281


काठमाडौंमा डुबे ३८२ घर, १३८ जनाको उद्धार

भदौ २१, काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई भने प्रहरीले उद्धार गरेको छ ।

गए रातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्तीहरु डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।


काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कोटेश्वरको नरेफाँट क्षेत्र, कुलेश्वरको हाउजिङ क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क र कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

एसएसपी सिंहका अनुसार मानवीय क्षति भने अहिले सम्म भएको छैन ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु