आईतवार ९ कार्तिक, २०८३ (Sunday October 25, 2026)

काठमाडौंमा डुबे ३८२ घर, १३८ जनाको उद्धार

सोमबार २१ भाद्र, २०७८ विचारवाटिका 2337


काठमाडौंमा डुबे ३८२ घर, १३८ जनाको उद्धार

भदौ २१, काठमाडौं । काठमाडौंमा बाढीका कारण तीन सय ८२ घर डुबानमा परेका छन् । एक सय ३८ जनालाई भने प्रहरीले उद्धार गरेको छ ।

गए रातिदेखि परेको वर्षाका कारण खोला किनारका बस्तीहरु डुबानमा परेका हुन् । ती बस्तीका बासिन्दा जोखिममा परेपछि प्रहरीले उद्धार गरेर सुरक्षित स्थानमा लगेर राखेको हो ।


काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहका अनुसार बल्खुको तरकारी बजार, कोटेश्वरको नरेफाँट क्षेत्र, कुलेश्वरको हाउजिङ क्षेत्र, बालाजुको नेपालटारको तल्लो क्षेत्र, शंखमुल पार्क र कालिमाटीको तरकारी बजार क्षेत्र डुबानमा परेका छन् ।

एसएसपी सिंहका अनुसार मानवीय क्षति भने अहिले सम्म भएको छैन ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु