आईतवार १३ असार, २०७८
असार १३, काठमाडौं । आगामी साताबाट राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण सुरु गर्ने तयारी थालिएको छ ।
४८ घण्टाको सुरुङ परीक्षण शनिबार मध्यरातिमा सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । आगामी बिहीबारभित्र तार तान्ने काम सक्ने लक्ष्य छ । त्यसपछि बिजुलीको परीक्षण उत्पादन सुरु हुने माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए ।
पूणर्क्षमतामा बिजुली भदौ महिनापछि उत्पादन हुने
आगामी साता आयोजनाका ६ वटा युनिटहरुमध्ये पहिलो युनिटबाट ७६ मेगावाट बिजुलीको परीक्षण उत्पादन गरिने प्रवक्ता न्यौपानेले जानकारी दिए । माथिल्लो तामाकोसी ४५६ मेगावाट क्षमताको छ ।
उनले भने, ‘त्यसपछि अर्को युनिटबाट असार महिना पछाडि थप ७६ मेगावाट बिजुली परीक्षण उत्पादन गर्छौं साथै भदौ महिनाबाट पूणर् क्षमतामा बिजुली उत्पादन सुरु गर्ने तयारीमा छौं ।’
माथिल्लो तामाकोसीबाट उत्पादित बिजुलीलाई नयाँ खिम्ती सबस्टेशनबाट राष्ट्रिय प्रसारणमा जोडिने छ । यसअघि नयाँ खिम्ती सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको नयाँ सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा जोडिनेछ । तामाकोसी करिडोरका सबै बिजुली नयाँ खिम्ती सबस्टेशनबाटै राष्ट्रिय प्रसारणमा जोडिने छ ।
खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन आज बिहानबाट बन्द
माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि भनेर आइतबार बिहानदेखि खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन नेपाल विद्युत प्राधिकरणले बन्द गरेको छ । खिम्ती-लामोसाँघु १३२ केभी प्रसारण लाइन असार १९ गतेसम्म बन्द रहने छ ।
यो प्रसारण लाइन बन्द हुँदा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुनसक्ने प्राधिकरणले जनाएको छ । विद्युत कटौती हुँदा काठमाडौँ उपत्यकाका ग्राहक पनि प्रभावित हुनेछन् ।
On multivariate analysis vs comprar levitra generico en espana Headache and female hormones what you need to know
nourece
Zithromax Class Of Antibiotic lasix 40 mg tablet lasix purpose