सोमबार १६ माघ, २०७९ (Monday January 30, 2023)

इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार सुरु

शुक्रबार २९ पुष, २०७९ विचारवाटिका 1114


इन्भेष्टमेन्ट मेगा बैंकको नाममा एकीकृत कारोबार सुरु

 पुष २९ काठमाडौं, नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक लिमिटेड एकापसमा गाभिएसँगै  ‘नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेड’का नाममा एकीकृत कारोबार सुरु हुन थालिसकेको छ । काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रुपमा एकीकृत कारोबार सुरु भएको घोषणा गरेका हुन ।

दुई बैंकबीच शेयर स्वाप अनुपात १००ः९० रहने गरी मर्जर सम्झौता रहेको थियो । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा साविक इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन । नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकको प्रतिनिधित्व रहने छ । त्यसमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट प्रजन्य राजभण्डारी र कविकुमार टिब्रेवाला तथा मेगा बैंकका तर्फबाट गोपाल खनाल, मदनकुमार आचार्य र मुक्तिराम पाण्डे रहेका छन् ।

दुई बैंक गाभिएर बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको चुक्ता पुँजी रु ३४ अर्ब १२ करोड, कुल सम्पत्ति  चार खर्ब ७१ अर्ब र कूल पुँजी रु ५८ अर्ब पुगेको छ । त्यस्तै कूल निक्षेप रु तीन खर्ब ६० अर्ब र कूल कर्जा रु तीन खर्ब २९ अर्ब रहेको बैंकले जनाएको छ । मर्जरपछि यो बैंकको शाखा सञ्जाल दुई सय ९६, एक्सटेन्सन काउन्टर ५९, एटीएम दुई सय ७९ र ग्राहक सङ्ख्या ३० लाखभन्दा बढी रहेको पनि बैंकले जनाएको छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु