बुधबार ३० भाद्र, २०७८
समाचार स्रोत:पदम कुमार श्रेष्ठ
भदौ ३०, काठमाडौं । केहि दिन अघि काठमाडौंमा भएको अविरल बर्षाको कारण बाढीको कारण कसैको दैनिकिमा खाद्यन्न अभाव नहोस भन्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौंको नेतृत्वमा अन्य सहयोगी हातहरुलाई एकीकृत गरि एउटा कार्यक्रम सम्पन्न गरेको छ।

डिस्ट्रीक्ट तथा जोनका प्रतिनिधिहरुको गरिमामय उपस्तिथि रहेको उक्त कार्यक्रम लायन्स क्लब अफ काठमाडौं पिस आईज, लायन्स क्लब अफ काठमाडौ सुप्रान, लायन्स क्लब अफ काठमाडौ आधार, लायन्स क्लब अफ काठमाडांै प्रयासनगर, लायन्स क्लब अफ काठमाडौैं उपकार सेवा नेपाल, लायन्स क्लब अफ काठमाडांै गुणकेशरी, लायन्स क्लब अफ काठमाडांै गौरीशंकर, लायन्स क्लब अफ काठमाडौं ॐ बुद्धको संयुक्त आयोजनामा काठमाडौं महानगरपालिका वडा नम्बर ११ त्रिपुरेश्वर बन्सिघाट स्थित बाढीबाट प्रभावित ४६ घरपरिवारलाई १ महिनालाई पुग्ने खाद्यान्न बितरण सम्पन्न भएको जानकारी ब्लड हुडका कोषाध्यक्ष लायन मनिषा प्रजापति बताउनुहुन्छ ।

लायन सुनिल प्रजापतिको संयोजकत्वमा भक्तपुरको राधे राधेमा गत शनिबार आकस्मिक रक्तदान शिविर सम्पन्न भएको छ । लायन्स क्लब अफ अफ काठमाडौं ईन्द्रायणी खुशिबु र ब्लड डोनर्स एशोसिएसन को संयुक्त आयोजना र लायन सागर डङ्गोलको प्रमुख आतिथ्यता,लायन रुकेस रन्जित,सृजना कोजु सुवालको आतिथ्यमा गरिएको उक्त कार्यक्रमबाट ३० पिन्ट रगत सङ्कलन भएको थियो।

नियमित तथा आकस्मिक रक्तदानलाई विभिन्न ठाउँमा गर्ने क्रममा र रक्तदान सम्बन्धि महत्त्व र यसको आवश्यकतालाई सहजीकरण गर्दै अभावबाट कोहि कसैको पनि ज्यान जोखिममा नपरोस् भन्ने उद्देश्यले लायन्स क्लब अफ काठमाडौं ब्लड हुडले स्थापना भएको छोटो अबधिमा सम्पन्न गरेको यो सातौं शिविर हो।
तस्बिर:पदम कुमार श्रेष्ठ