शुक्रबार २५ असार, २०७८
असार २५, काठमाडौं । नेपाललाई विश्व बैंकले १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ ।
सरकारको स्कुल क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले ५/५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।
यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने नेपालस्थित विश्व बैंकको कार्यालयले बताएको छ ।
नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूणर् हुने नेपाल, श्रीलंका र माल्दिम्भसका विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले बताएका छन् ।
यो सहायताले कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत महत्वपूणर् हुने बताइएको छ । स्वास्थ्य क्षेत्रमा आएको सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ ।