आईतवार २४ श्रावण, २०७८
श्रावण २४,डोटी । विद्युत् विस्तारका लागि खम्बा गाडेको वर्षौंपछि जिल्लाको मगरबस्तीमा बल्ल विद्युत् पुगेको छ । वर्षौंपछि बिजुली बत्ती प्रयोग गर्न पाएकामा अहिले त्यहाँका बासिन्दा खुशी छन्।
वडा नं १ का वडाध्यक्ष कृष्णबहादुर बमले भने, ‘सल्लाको दियालो र टुकीको भरमा गुजारा चलाउँदै आएका यहाँका बासिन्दालाई निकै सास्तीे थियो, ठूलो मेहेनतले बत्ती पु¥यायौं, अहिले सबै खुशी छन्।’
दुर्गम क्षेत्रका रूपमा रहेका ती वडामा हिजोसम्म बिजुली बत्ती नभएका कारण स्कूल जाने केटाकेटीलाई पढ्न निकै गाह्रो हुँदै आएकामा अब सो समस्या समाधान भएको गणेशकाडा निवासी तेजबहादुर मगरले बताएका छन् । दुबै स्थानमा शनिबार एकैसाथ बिजुली बत्ती बालिएको विद्युत् विस्तारको जिम्मा पाएका निर्माण व्यवसायी तेजबहादुर बोहराले बताए। उनले भने, ‘अब सबै वडामा राष्ट्रिय प्रसारणको बिजुली पुगेको छ।’
जिल्लाका नौवटै स्थानीय तहका प्रतेक वडामा विद्युत् विस्तार गर्ने रणनीतिअनुसार काम अगाडि बढिरहेको दिपायलस्थित विद्युत् कार्यालयका प्रमुख कौशलदेव जोशीले जानकारी दिए। ‘कम्तीमा पनि हामी २५÷३० घरधुरीले टुकी र सोलार बत्तीको मद्दतले उज्यालोको निर्वाह गर्दै आएका थियौं’, अर्का स्थानीयवासी केशव बमले भने, ‘हाम्रा गाउँठाउँमा बिजुली बत्ती आएसँगै गाउँको मुहार नै परिवर्तन भएको महसुस गरेका छौँ, बिजुली नहुँदाको दुःख अन्त भए।’
बिजुलीको अभावमा टेलिभिजन हेर्न एकादेशको कथाजस्तै भएको तथा मोबाइल चार्ज गर्न पनि गाउँपालिकाको सदरमुकाम वाइल जानुपर्ने बाध्यता अब हटेकोे अर्का स्थानीयवासी शेरबहादुर ऐरले बताए ।
estuack
Mental processing was slow and I was having difculty with word nding more than the usual memory lapses of a healthy yearold. buying ivermectin Buy Merck Propecia