सोमबार ११ आश्विन, २०७८
असाेज ११, काठमाडौं। चिरञ्जीवी डेरी उद्योग मन्थली न.पा.१ रामेछापमा उत्पादित शुद्ध घ्यू , पाेष्टकारी ,छुर्पी लगाएतका सामानहरू चारूमती स्वावलम्बी इन्भेष्टमेन्ट ग्रुप प्रा.ली. द्वारा संचालित Martis Online चाबहिलमा पनि उपलब्ध हुँदै आएकाे Martis Online का मार्केटिङ इन्चार्ज माेहन श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।

चिरञ्जीवी डेरी उद्योगले विगतमा रामेछाप जिल्ला लगायत दाेलखाकाे चरिकोट बजार , सिन्धुलीको खुर्काेट बजारमा दहि ,दुध,घ्यू लगायत डेरीमा उत्पादित सामानहरू उपलब्ध हुँदै आहिरहेकाेमा अबदेखि चाबहिल स्थित Martis Online मा समेत उपलब्ध रहेको र मार्ग अनुसार उत्पादन लाई पनि वृद्धि गर्दै जाने लक्ष्य रहेकाे चिरञ्जीवी डेरीका सञ्चालक भानुभक्त श्रेष्ठले विचार वाटिकालाई जानकारी गराउनु भयाे ।



