आईतवार १९ मंसिर, २०७८ (Sunday December 05, 2021)

रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ :हेमन्त प्रकास

मंगलवार ३० कार्तिक, २०७८ विचारवाटिका 1105


कार्तिक ३०, दाङ । दाङमा बन्दकर्ताले सडक सफाई तथा ट्राफिक चिन्हहरुको व्यवस्थापन गरेको छ ।
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन् । नेपाल बन्दको क्रममा दाङमा भने फरक दृष्य देखिएको हो ।

सडकमा देखिएका बन्दकर्ताहरु सडक सरसफाई र ट्राफिक चिन्हहरुको व्यवस्थापनमा लागेका छन् । आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका दृष्यहरु देखिएको छ । 
राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई कम गराउन र समाजमा रचनात्मक काम गरेर पनि विरोध गर्न सकिन्छ भन्ने देखाउन यस्तो काम गरिएको हेमन्त प्रकास वलीले बताए ।‘सबै साथीहरुले नयाँ र रचनात्मक काम गरौ भनेर प्रयास गरेका हौँ,’ उनले भने, ‘मूल्यवृद्धिको विरोधमा बन्द भएपनि त्यसलाई सदुपयोग गरेर रचनात्मक बनाएका छौँ।’ 

बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास आफूहरुले लिएको उनले बताए।लामो समयदेखि जेव्राक्रसिङहरु मेटिदै गएको अवस्था हुँदा समेत त्यसको संरक्षण नभएको देखेर यसलाई नयाँ बनाइएको वलीले बताए ।
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु