बिहीबार ११ बैशाख, २०८२ (Thursday April 24, 2025)

प्रधानमन्त्रीजीलाई काम गर्न पनि धेरै गाह्रो छ :ओली 

शुक्रबार १० मंसिर, २०७८ विचारवाटिका 2329


प्रधानमन्त्रीजीलाई काम गर्न पनि धेरै गाह्रो छ :ओली 

मंसिर १०, चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सरकारप्रति तुलनात्मक रुपमा नरम भएको देखिएका छन् ।

एमालेले प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई पनि उद्घाटन समारोहमा बोलाएको थियो । देउवा कार्यक्रममा सहभागी मात्र भएनन् उनी अध्यक्ष ओलीले सम्बोधन गरिरहँदा पनि कार्यक्रम स्थलमा बसिरहेका थिए ।

 अध्यक्ष ओलीले प्रधानमन्त्रीलाई अतिथि बनाएर राखेर सरकारबाट टिप्पणी गर्नु राम्रो नहुने बताएका छन् । ‘अहिलेको सरकारको सम्बन्धमा म केही भन्न चाहन्न,’ उनले भने, ‘सम्माननीय प्रधानमन्त्रीजीलाई हामीले आमन्त्रण गरेका छौं । प्रधानमन्त्रीजीलाई मञ्चमा अतिथि बनाएर राखेर टिप्पणी गर्नु बान्छनीय हुँदैन ।’

अघि भने, ‘प्रधानमन्त्रीजी शायद काम गर्न चाहनुहुन्थ्यो कि ? प्रधानमन्त्रीजीलाई काम गर्न पनि गाह्रो छ कि ? मलाई अप्ठ्यारो पार्ने, मेरो खुट्टा तान्नेहरु आज उहाँको खुट्टा समातिरहेका छन् । त्यसरकाण उहाँलाई पनि अप्ठ्यारा छन् कि ?’




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु