मंगलवार १८ माघ, २०७८
माघ १८, काठमाडौं । नेपाल र मरिससबीच आज दोस्रो मैत्रीपूर्ण फुटबल खेल दशरथ रंगशालामा हुँदैछ ।
खेल अपराह्न ४:४५ बजे काठमाडौंको त्रिपुरेश्वरस्थित रंगशालामा हुनेछ ।
गत शनिबार भएको पहिलो मैत्रीपूर्ण खेल खेल्दा नेपालले मरिससलाई एक–शून्यले हराएको थियो । नेपालको जितमा विमल घर्तीमगरले निर्णायक गोल गरेका थिए ।
यसअघि टिममा रहेका अनन्त तामाङ र प्रशान्त अवस्थीको सट्टा दर्शन गुरुङ र मनिष डाँगीलाई समावेश गरिएको छ ।