मंगलवार ३ पुष, २०८०
पुस ३ काठमाडौं, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ संशोधनका लागि मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति लिइसकिएको बताएकी छिन् ।
आज बसेको बैठकमा मन्त्री शर्माले नेपाल दूरसञ्चार ऐन २०५३ मा थुप्रै छिद्रहरु रहेकाले समय सापेक्ष संशोधन गर्नुपर्ने बताएकी छिन् ।
‘हामीसँग नेपाल दूरसञ्चार ऐन २०५३ छ । ऐनमा थुप्रै छिद्रहरु छन् । जुनबेला ०५३ सालमा हाम्रो ऐनहरु बन्यो, त्यो बेलामा हाम्रो टेलिकमको अवस्था यस्तो थिएन । अहिलेको टेलिकमको आवश्यकताअनुसार दूरसञ्चार ऐन बनिसक्नुपर्ने आवश्यकता रहेको मन्त्री शर्माले बताइन् ।