मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

यो जनताको सरकार हो : मन्त्री आले

आईतवार २३ माघ, २०७८ विचारवाटिका 1984


यो जनताको सरकार हो : मन्त्री आले

माघ २३, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले जनताका समस्या र अप्ठ्यारा वर्तमान सरकारले हटाउने बताएका छन् । उनले भने, ‘यो जनताको सरकार हो, यसले पूर्णरूपमा जनताको पक्षमा काम गर्छ ।’

मारवाडी सेवा समितिको ६९औँ वार्षिकोत्सवमा आज मन्त्री आलेले समितिको सेवामुलक कार्यले नेपाली नागरिकलाई राहत पुगिरहेको बताएका छन् । पछिल्लो समय सेवा समितिले सञ्चालन गरेको निःशुल्क डाइलायसिस सेवाले पीडित नागरिकलाई राहत पुगेको मन्त्री आलेले विश्वास व्यक्त गरेका छन् ।

मन्त्री आलेले भने, ‘नागरिकको सेवामा लाग्दा लाग्दै तपाईंहरूलाई कुनै बाधा, व्यवधान, अड्चन, अप्ठ्यारो उत्पन्न भए सरकार त्यसको समाधानका लागि तयार छ ।’ 
 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु