शुक्रबार ४ बैशाख, २०८३ (Friday April 17, 2026)

भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य घट्यो

आईतवार १ श्रावण, २०७९ विचारवाटिका 2364


भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य घट्यो

साउन १ काठमाडौं, अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य पनि घटेर आएको नेपाल आयल निगमले जनाएको छ ।

भारतीय आयल कर्पोरेसन (आईओसी)बाट प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलमा १५ रुपैयाँ ६० पैसा र डिजेलमा १६ रुपैयाँ मूल्य घटेको निगमका प्रवक्ता विनितमणि उपाध्ययले बताए । यस मूल्य घटेपछि पनि निगमलाई पेट्रोलमा १४ रुपैयाँ र डिजेलमा २२ रुपैयाँ घाटा रहेको उनको दाबी छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु