सोमबार २३ श्रावण, २०७९ (Monday August 08, 2022)

 प्रेमगीत ३ को चर्चा बलिउड हंगामामा पनि

मंगलवार १७ श्रावण, २०७९ विचारवाटिका 1210


 प्रेमगीत ३ को चर्चा बलिउड हंगामामा पनि

श्रावण १७ काठमाडौं, नेपाली अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ नेपालसँगै भारतका विभिन्न शहरमा आगामी असोज ७ मा प्रदर्शनमा आउँदैछ । 

बलिउड हंगामाले आफ्नो अनलाइनमा ‘पहिलो इण्डो–नेपाल फिल्म ‘प्रेमगीत ३’’ भन्दै फिल्मको बारेमा समाचार लेखेको छ । फिल्म युनिटले रोमाञ्चक पोस्टर सार्वजनिक गरेको र ट्रेलर सेप्टेम्बर १ मा रिलिज हुने उल्लेख गरेको छ ।

फिल्मका भारतीय निर्माता सुवास कालेले फिल्म ‘प्रेमगीत ३’ हेर्न भारतीय दर्शकले फिल्मको टिकट किनेर हलमा फिल्मको जादुमयी कला हेर्न चाहेको बताएका छन् । फिल्ममा भारतीय गायकगायिकाहरु अंकित तिवारी, पलक मुछाल, देभ नेगी, राहत फतेह अली खान, पवनदीप राजनलगायतको स्वर रहेकाले पनि भारतीय दर्शकले फिल्म हेर्नेमा आफू ढुक्क रहेको सुवासको दाबी छ ।

 भारतमा आफनो् फिल्म रिलिज हुने भएपछि अभिनेता प्रदीप पनि खुशी छन् । ‘मलाई यो मेरो नयाँ जन्मजस्तो लागेको छ । नेपाली फिल्मको ५० वर्षको लामो फिल्मको इतिहासमा पहिलो पटक नेपाली फिल्म उद्योगको प्रतिनिधित्व गर्दै नयाँ संसारमा प्रवेश गर्ने मौका पाएकाले यो मेरा लागि नयाँ पहिचान हुनेछ’, उनले भने ।

निर्देशक सन्तोष सेनले आफ्नो पहिलो इन्डो–नेपाली फिल्ममात्र नभई नेपाली फिल्म उद्योगको इतिहासमा पहिलोपटक भारतमा पनि एकसाथ फिल्म रिलिज गर्न पाउनु आफ्ना लागि महत्वपूर्ण खुशी भएको बताएका छन् । ‘भविष्यका लागि फिल्मको पाठ्यक्रम तय गर्न जिम्मेवार महशुस गरेको छु’, उनले भनेका छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु