बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

साउन १५ मा खिर खानु धार्मिक तथा साँस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।

बिहीबार १५ श्रावण, २०८२ Bichar Batika 1528


साउन १५ मा खिर खानु  धार्मिक तथा  साँस्कृतिक दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।

साउन १५ काठमाडौं , आज साउन १५ नेपालमा आजकाे दिनलाई खिर खाने दिन पनि भनिन्छ ,खिर खाने परम्परा धार्मिक ,साँस्कृतिक तथा माैसमी दृष्टिकोणले पनि महत्त्वपूर्ण मानिन्छ ।
  साउन १५ सम्म अधिकांश ठाउँहरूमा धान राेपाई गरि सकिने भएकाेले किसानहरूले  महिनाैं मेहनत गरेर राेपाई सकिएपछि विश्राम गर्न र साउन महिनामा झरी परिरहने भएकाेले बिजेर राेपाई गर्दा शरीर चिसाे हुने सक्छ खिरमा हुने दूध ,सुकेमेल काजु किस्मिस घ्यू आदिले शरिरमा उर्जा दिने भएकाेले चिसाे माैसममा शरीरलाई ताताे र बलियाे बनाउन साथै राेपाई सकिएकाे खुसीयाली मनाउन आफन्त छरछिमेक बसेेर ताताे ताताे खिर सगै मिठा - मिठा खानेकुराहरू बनाई खाने समेत परम्परा छ ।
 बुढापाकाकाे भनाई अनुसार  साउन महिना  भगवान् शिवको महिना रहेकाे र शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ , यहि कारणले पनि साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धार्मिक विश्वास रहेकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु