शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव।

शनिबार २४ जेष्ठ, २०८२ Bichar Batika 1386


साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर”  भन्ने सन्देश पनि पुर्‍याउँछ : मन्त्री यादव।

जेष्ठ २४ काठमाडौँ, खानेपानीमन्त्री प्रदीप यादवले   काठमाडौँमा मारवाडी समिति नेपाल अन्तरगतको संस्था मारवाडी युवा मञ्चद्वारा विश्व साइकल दिवश तथा विश्व वातावरण दिवशको अवसर पारेर “वातावरणको रक्षा, हाम्रो दायित्व हाम्रो प्रतिवद्धता” भन्ने नाराका साथ आयोजना गरिएको साइकल यात्रा कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै साइकल यात्राले गन्तव्यमा मात्रै हाेइन, स्वास्थ शरीर ,स्वच्छ शहर भन्ने सन्देश पनि पुर्‍याएकाे बताउनु भयाे ।

मन्त्री यादवले सरकारले वातावरणमैत्री यातायातको प्रबन्धन  गर्न आवश्यक नीति तथा पूर्वाधारमा लगानी गर्ने बताउनु हुँदै विद्यालय, कार्यालय, तथा स्थानीय तहमा समेत साइकल प्रयोगलाई प्रोत्साहन गर्नु समेत आग्रह गर्नुभयो ।

मन्त्री यादवले  “स्वस्थ जीवन, हरित वातावरण र साकार सकारात्मक सोच प्रबन्धन गर्ने यस्तो प्रेरणादायी कार्यक्रम सबै ठाउँमा गर्न आवश्यक छ । साइकल प्रयोगलाई प्रोत्साहन गर्न हामी सबै लाग्नु पर्छ ।”
वातावरण जोगाउन र प्रदुषण मुक्त समाज बनाउन मारवाडी सेवा समाजले अगुवाई गरी उल्लेख्य भुमिका निर्वाह गरेको बताउनु हुँदै मन्त्री यादवले वातावरण सफा कसरी गर्ने, हाम्रो वातावरण कसरी स्वच्छ राख्ने  “जलवायु परिर्वतनका कारण सेता हिमाल काला हुन थालेका छन् । हिमाल बचाउन जरुरी छ ,जलवायु परिर्वतन हाम्रा लागि निकै चुनौतिको विषय बनेको छ ,यो चुनौतीको समाधान गर्न आवश्यक रहेकाे छ,
साइकल यात्राले शारीरिक तन्दुरुस्ती सहित वातावरणीय चेतनाको प्रवाह पनि गर्ने भएकाले आजको युगमा यो अत्यन्त सान्दर्भिक रहेको समेत मन्त्री यादवले बताउनुभयो ।

कार्यक्रममा विशिष्ट अतिथि एवं मारवाडी सेवा समितीका अध्यक्ष प्रमोदकुमार चौधरीले साइकल प्रयोग गर्नाले व्यक्तिगत तन्दुरुस्ती बढ्नुका साथै यसले शहरको ध्वनि र वायु प्रदूषण पनि घटाउने बताउनुभयो ।
कार्यक्रममा पशुपती गौशाला धर्मशालाका अध्यक्ष रमेश तापडिया, मारवाडी महिला मञ्चकी अध्यक्ष श्रीमती रेखा खेतान, कार्यक्रम संयोजक अरुण गोयल, मारवाडी सेवा समितिका पदाधिकारीहरु, मारवाडी युवा मञ्चका पदाधिकारीहरु तथा कार्यसमिती सदस्यहरुको सहभागीता रहेको थियो ।
आजको उक्त कार्यक्रममा दजर्नौ साइकल यात्रीहरूको सहभागिता रहेको थियो । काठमाडौँको बिवाईडी पार्किङ नक्सालबाट सुरु भएको उक्त यात्रा यहाँका विभिन्न क्षेत्र हुँदै ललितपुरको पाटन दरवार क्षेत्रमा गएर समापन गरिएको कार्यक्रम संयोजक अरुण गोयलले जानकारी दिनुभयो ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु