शनिबार ५ माघ, २०८१ (Saturday January 18, 2025)

नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन

शनिबार २८ श्रावण, २०७९ विचारवाटिका 1621


नेपाल पत्रकार महासंघ काठमाडौं शाखामा विभिन्न विभाग र समिति गठन

श्रावण २८ काठमाडौं, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले यही श्रावण २६ गते बिहिवार विभिन्न विभाग र केही समिति गठन गरेको छ ।

निर्वाचित भएको १६ महिनापछि शाखाले विभिन्न विभाग र समिति गठन गरेको हो । शाखाका पदाधिकारी तथा सदस्यहरु प्रमुख रहने ती विभागमा रहने सदस्यहरुको संख्या थप गर्न सकिने कार्य समिति सदस्य रमेश कुमार बोहोराले बताएका छन् । संगठन विभाग संयोजकमा सचिव महेश्वर गौतम रहेका छन् भने संगठन सदस्यहरुमा रमेश कुमार बोहोरा, रमेश लामिछाने र रिना श्रेष्ठ रहेका छन्, त्यसैगरी अनुशासन विभागमा संयोजक शाखा उपाध्यक्ष रामचन्द्र दुलाल रहेका छन् । सदस्यहरुमा मिना यादव, दिपक काफ्ले, शोभा नेपाली र बुद्ध योञ्जन रहेका छन् ।

अर्थ समितिमा शाखाका कोषाध्यक्ष अजित अधिकारी संयोजक रहेका छन् भने सदस्यहरुमा कृष्ण प्रसाद ढुंगेल, सुबास मुखिया सुनुवार, बुद्ध योञ्जन र शैलेश डंगोल रहेका छन् । महिला विभाग अन्तर्गत संयोजकमा शाखाकी उपाध्यक्ष अप्सरा गौतम रहेकी छिन् । सदस्यहरुमा रिना श्रेष्ठ, मिना यादव, शोभा अर्याल, शोभा नेपाली, सिता पौडेल, अर्चना रेग्मी रहेका छन् । जेष्ठ पत्रकार लगत तथा विरामी  पत्रकार, अपाङ्ग पत्रकार, लगत तथा अवस्था पहिचान समितिको संयोजकमा शाखाका सहसचिव हेमबहादुर राना  (कमल)  रहेका छन् भने सदस्यहरुमा गोविन्द गिरी र योगेन्द्र चौलागाई रहेका छन् ।
यसैगरी प्रकाशन समितिमा संयोजकमा शाखाका कार्य समिति सदस्य कृष्णराज गौतम रहेका छन् भने सदस्यहरुमा रमेश कुमार बोहोरा, सुबास मुखिया सुनुवार, रमेश लामिछाने, कृष्ण प्रसाद ढुंगेल, अमिर लामा, गंगा बराल, यादव देवकोटा रहेका छन् ।
साना लगानी तथा स्वरोजगार मूलक (व्यवसायिक) मिडिया समन्वय विभाग, श्रमजिवी समस्या पहिचान समितिको संयोजकमा शाखाका कार्यसमिति सदस्य रमेश कुमार बोहोरा रहेका छन् भने सदस्यहरुमा गणेश पौडेल, कालिका महत रहेका छन् । अतिरिक्त क्रियाकलाप विभागमा संयोजक लक्ष्मणदेव पाण्डे रहेका छन् भने सदस्यहरुमा शैलेस डंगोल, अंकध्वज मोते, अशोक शिवाकोटी, कृष्ण कार्की छन् । सञ्चारमाध्यमको अवस्था पहिचान र लगत समितिको संयोजकमा शाखाका कार्यसमिति सदस्य रमेश लामिछाने रहेका छन् ।




मतहरू

Wheetabar

soft tab cialis Another naturally occurring plant product may also help


यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु