बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

आज भाइटीका

बिहीबार १० कार्तिक, २०७९ विचारवाटिका 1788


आज भाइटीका

कार्तिक १० काठमाडौं,  कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीहरुको दोस्रो ठूलो चाडपर्व तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीको हातबाट टीका ग्रहण गर्दैछन् ।

 तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदी–बहिनीले आफ्ना दाजुभाइलाई आस्था,  निष्ठा र श्रद्धाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइन्छ । 

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिन्छन् । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ ।

भाइटीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्तको समय उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिए । आज दिनभर भाइटीका लगाउन कुनै समस्या नरहेको भन्दै उनले राज्य सञ्चालकले भने साइतमै टीका लगाउनु राम्रो हुने बताए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु