सोमबार २८ पुष, २०८२ (Monday January 12, 2026)

आर्थिक सहयाेगकाे लागी अनुराेध गर्दै मृगौला पीडित थापा मगर

बुधबार १० फाल्गुन, २०७९ विचारवाटिका 5033


आर्थिक सहयाेगकाे लागी अनुराेध गर्दै मृगौला पीडित थापा मगर

 फागुन १० रामेछाप , रामेछाप नगरपालिका वडा नं १ गाेठगाउँ -गाेठपानी माेहाेरे गाउँ निवासी पहलमान मगर ( गाेपाल) काे छाेरा वर्ष २७ काे सुभास थापामगरलाई Chronic Kidney Disease Stage 5 ( CKD 5)/ Chronic Renal Failure Stage 5/ End Stage Kidney Disease (ESKD/ESRD)नामक राेगका कारण दुवै मृगौलाले काम नगर्ने गरि बिग्रिएकाेले राष्ट्रिय मृगौला उपचार केन्द्र बनस्थलीमा डाइलाेसिस गराहि रहेकाे र मृगौला प्रत्यारोपण गर्न धेरै खर्च लाग्ने  घर परिवारकाे आर्थिक अवस्था सामान्यनै रहेकाेले गाउँघरका छरछिमेक ,नातागोता ,गाउँका विभिन्न सामाजिक संघ संस्था बाट केही आर्थिक सहयाेग पाहिरहेता पनि प्रत्यारोपण गर्न उठेको सहयाेग र आफ्नाे धन सम्पत्तिले समेत सम्भावना नभएकाे हुदा सहयाेगि मनहरू सित सहयाेगकाे अपेक्षा गर्दै मृगौला पीडित सुभास थापा मगरले विचार वाटिका डट कम मार्फत सम्पूर्ण सहयाेगि मनहरूलाई सकेकाे सहयाेग गरिदिनु हुन हार्दिक अनुराे गरेकाे छ।

  बिरामी थापामगरले विचार वाटिकालाई दिएकाे जानकारी  अनुसार आफै वा आफ्नाे परिवारलाई भेटेरै नगद सहयाेग तथा बिरामी सुभास थापामगरकै बैक खाता राष्ट्रिय वाणिज्य बैक टाेखाकाे खाता नम्बर  1940100001246010 अथवा सिटिजन बैक टाेखाकै खाता नम्बर 0800100001393041  मा समेत सहगाेग गर्न सक्नु हुनेछ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु