आईतवार २८ भाद्र, २०८३ (Sunday September 13, 2026)

१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

शुक्रबार २४ चैत्र, २०७९ विचारवाटिका 2176


१ लाख १ हजार १सय ११ रुपैया राशिको आदर्श पत्रकारिता पुरस्कार किशोर नेपाललाई

काठमाडौं, नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको आदर्श पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ । शाखाको बिहीबार बसेको कार्यसमितिको बैठकले आगामी शनिवार हुने शाखाको २३ औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो। उनी पत्रकार महासंघ केन्द्रीय समितिका पूर्व अध्यक्षसमेत हुन् । 
नेपाल पत्रकार महासंघ काठमाडौ शाखाका कार्यसमिति सदस्य रमेश कुमार बोहोराले काठमाडौ शाखाको संखरापुर नगरपालिकामा गत ३ र ४ चैतमा बसेको बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको र बिहीबारको कार्यसमिति बैठकले सो पुरस्कार शाखाका संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको हामीलाई जानकारी दिए । 
सो पुरस्कार आगामी शनिबार हुने शाखाको २३औं साधारणसभामा सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माको हातबाट प्रदान गरिनेछ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु