बिहीबार ११ आश्विन, २०८० (Thursday September 28, 2023)

नेम्वाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि 

बिहीबार २८ भाद्र, २०८० विचारवाटिका 1326


नेम्वाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि 

भाद्र २८ काठमाडौं, संविधानसभा अध्यक्ष एवंम् नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ आज अन्त्येष्टि गरिएको छ । पशुपति आर्यघाटमा दुई छोरा मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका थिए । 

 नेम्वाङको पार्थिव शरीरमा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएर अन्तिम बिदाइ गरेका थिए ।

नेम्वाङको मंगलबार निधन भएको थियो । बालुवाटारस्थित निवासमै बेहोस भएका उनलाई उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । सोही दिन बसेको मन्त्रिपरिषद बैठकले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

एक दिन एमाले केन्द्रीय कार्यालय च्यासलमा र अर्को एक दिन बालुवाटारस्थित निवासमा श्रद्धाञ्जलीका लागि राखेपछि आज नेम्वाङको पार्थिव शरीर पशुपति आर्यघाट पुर्याइएको थियो । 

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु