बिहीबार १७ बैशाख, २०८३ (Thursday April 30, 2026)

आज माघे संक्रान्ति विभिन्न समुदायले आ- आफ्नै विशेषता र साँस्कृतिक महत्त्वका साथ मनाउदै।

मंगलवार १ माघ, २०८१ Bichar Batika 1697


आज माघे संक्रान्ति विभिन्न समुदायले आ- आफ्नै विशेषता र साँस्कृतिक महत्त्वका साथ मनाउदै।

माघ १ काठमाडौं , आज माघे संक्रान्ति यसलाई  फरक- फरक समुदायले फरकफरक  नामले पनि मनाउने गर्दछ, कसैले मकर संक्रान्ति, कसैले माघि पर्व , कसैले के , प्रत्येक वर्ष साैरमास अनुसार माघ महिनाकाे पहिलाे दिन मनाइने माघे संक्रान्ति देशभर स्नान जप ध्यान साधना दान आदि गरि मनाउदछ , आजकाे दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाेले आजकाे दिनलाई नेपालमा मघे संक्रान्ति , तिलुवा संक्रान्ति ,मकर संक्रान्ति ,माघी पर्वका रूपमा विभिन्न समुदायले आ- आफ्नै विशेषता र साँस्कृतिक महत्त्वका साथ मनाउने गर्दछ।
 आज देखि उत्तरायण शुरू हुने भएकाेले दिन भन्दा रात छाेटाे हुँदै जाने गर्दछ, उत्तरायण शुरू हुने दिनकाे स्नान जप ध्यान साधना दान आदिलाई पुण्य दायक मान्निछ, त्यसैले आजकाे दिन देवघाट ,त्रिशूली ,कालीगण्डकी ,बागमती ,ईन्द्रावती ,त्रिवेणी लगायतका स्थानहरूमा माघ स्नान गर्ने भक्तजनहरूकाे भिड लाग्ने गर्दछ।


धर्म सिन्धुमा माघ १ गते घ्यू चाकु तिलका परिकार खिचडी नखाने ,दान नगर्ने , जलाशयमा गई स्नान नगर्ने , ध्यान नगर्ने व्यक्ति  जीवनभर राेगी हुने उल्लेख गरिएकाे धर्मशास्त्रविद एवम् नेपाल पञ्चांक निर्णायक समितिले जनाएको छ ।
 तराईवासीले माघ १ गतेलाई नहान अर्थात नुहाउने पर्वकाे रूपमा मनाउने गर्दछ,वर्षभरि ननुहाय पनि तराईबासीले आज भने अनिवार्य नुहाउनु पर्ने मान्यता राख्दै आएकाे छ , आजकाे दिन बिहानै तिर्थस्थलमा गई स्नान गरेर तिल दान गर्दा सुनदान गरे सरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास समेत रहदै आएकाे छ, आजकाे दिनलाई  नेवार समुदायमा भने घ्युचाकु सँल्हु नामले माघे संक्रान्ति मनाउने गर्दछ् , माघे संक्रान्तिलाई मगर समुदायले राष्ट्रिय साँस्कृतिक पर्व तथा नयाँ वर्षकाे रूपमा समेत तीन दिन सम्म मनाउने गर्दछु।


 उत्तरायण भएपछि शुभ कार्य गर्न उत्तम मान्निछ , आज स्नान ,दान व्रत ,ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरि मनकामना पूरा हुने जन विश्वास समेत रहेकाे छ, माघे संक्रान्तिकाे दिन घ्यु चाकु तिलका परिकार तरूल पालुगाे ,खिचडी आदि खाने चलन छ यी परिकारले जाडाेमा न्यानाे प्रदान गर्ने भएकाेले चिसाे समयमा पर्ने पर्वमा ताताे ताताे परिकार खानाले त्रिदाेष नाशहुने धार्मिक विश्वास रहेकाे छ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु