मंगलवार १७ माघ, २०७९ (Tuesday January 31, 2023)

अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ: उपमेयर डंगोल

आईतवार १२ भाद्र, २०७९ विचारवाटिका 1738


अनधिकृत संरचना हटाउने अभियानमा मेरो साथ छ: उपमेयर डंगोल

 भदौ १२ काठमाडौं, काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले अनधिकृत संरचनाहरू हटाउने महानगरको अभियानमा आफ्नो साथ रहेको स्पष्ट पारेकी छन् । मेयर बालेन्द्र साहको नेतृत्वमा चलिरहेको अभियानमा उपमेयरको अनुपस्थितिलाई लिएर प्रश्न उठाइएपछि उपमेयर डंगोलले स्पष्टीकरण दिएकी हुन् ।

सामाजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै सुनिताले अनधिकृत संरचना हटाउने अभियान काठमाडौं महानगरको भएकाले कानून कार्यान्वयन गर्ने सबै कार्यमा उपमेयरको हैसियतले आफ्नो साथ, सहयोग र समर्थन रहेको स्मरण गराएकी हुन् । आफ्नो विषयमा केही अनलाइन मिडियाले भ्रम पैदा गरेको भन्दै उनले प्रतिवादसमेत गरेकी छन् ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु