शनिबार २७ मंसिर, २०८२ (Saturday December 13, 2025)

रामेछाप काठमाडौं सम्पर्कमञ्चको अध्यक्षमा अत्याधिक बहुमतको साथ भण्डारी निर्वाचित 

बुधबार ३० फाल्गुन, २०८० विचारवाटिका 1840


रामेछाप  काठमाडौं सम्पर्कमञ्चको अध्यक्षमा अत्याधिक बहुमतको साथ भण्डारी निर्वाचित 

फागुन २९ काठमाडौं ,नेकपा एमाले रामेछाप काठमाडौं सम्पर्क मञ्चको १२औं सम्मेलन बाट अत्याधिक बहुमतको साथ अध्यक्षमा प्रमाेद भण्डारी ( रविन्द्र) निर्वाचित हुनु भएकाे छ ।  

फागुन २६ गते एमालेको केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यमा सुरू भएकाे १२ औं सम्मेलन दुई दिनकाे अथाह प्रयास गर्दा पनि अध्यक्ष ,उपाध्यक्ष र काेषाध्यक्षमा सहमति जुट्न नसकेपछि फागुन २८ गते दिउसाेबाट निर्वाचन भएकाे थियाे ।  

निर्वाचनमा अध्यक्षका उम्मेदवार भण्डारीले २११ मतकाे अन्तरले निर्वाचित हुन सफल भएकाे थियाे भने उपाध्यक्षका उम्मेदवार दलिप श्रेष्ठले २४ र काेषाध्यक्षकाे उम्मेदवार नवराज पाण्डेले १८३ मतकाे अन्तरले निर्वाचित हुन सफल भएकाे थियाे ।

सात पदाधिकारीमा तीन पदमा निर्वाचन भएपनि महिला उपाध्यक्ष अम्बिका बाेहाेरा ( भण्डारी ) सचिवमा निराजन तिमिल्सिना ,उपसचिवमा रमेश खड्का र महिला उपसचिवमा सरस्वती के.सी. भने सर्वसहमत निर्वाचित भएकाे थियाे।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु