बिहीबार ९ कार्तिक, २०८०
कात्तिक,९, पतञ्जली योगपीठ अध्यक्ष आचार्य बालकृष्णले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य रहेको बताएका छन् ।
प्राकृतिक सुन्दरता, आवत जावतको सहजता, भाषिक, धार्मिक, सांस्कृति समानताले भारतीय पर्यटकका लागि नेपाल सहज गन्तव्य भएको उनले कामाख्या देवी मन्दिरको दर्शनपछि नेपाल र भारतका पत्रकारसँग बताएका हुन् ।
‘भारतका कतिपय प्रान्तमा जान पासपोर्ट अनिवार्य आवश्यक छ, तर भारतीय नागरिक बिना पासपोर्ट, नेपालका जुनसुकै ठाउँ घुम्न जान सक्छन्,’ उनले भने । नेपाल बुद्ध, पशुपतिनाथ, मुक्तिनाथ, जानकी र वाल्मीकिको भूमि भएको उल्लेख गर्दै उनले यी धार्मिक पर्यटकीय स्थललाई भारत सरकारले अघि सारेको रामायण र शिव सर्किटमा नेपाललाई जोडेर पर्यटन प्रवर्द्धनमा पहल गर्न सुझाव दिएका छन् ।
FISHING GAME
Your article is a perfect article without a hitch. Thank you. My site: big fish games free online no downloads