सोमबार २० कार्तिक, २०८०
कात्तिक २० काठमाडौं, वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जाजरकोट भुकम्पपछिको उद्धारको काम सकिएको बताएका छन् । अब राहत र पुनर्स्थापनाको काम गर्न समय तालिका बनाएर काम गर्ने सोच रहेको जनाएका छन् ।
जाजरकोटको बारेकोट गाउँपालिका–१ केन्द्रविन्दु भएर शुक्रबार राति ११ः४७ मा ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पले जाजरकोट र रुकुम पश्चिममा १५७ जनाको मृत्यु भएको छ भने धेरै संरचना पनि भत्केका छन् ।
हिजो जाजरकोट भूकम्पको क्षति र सरकारले चाल्नुपर्ने कदमबारे छलफल गर्न बोलाइएको विपद् व्यवस्थापन जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा प्रधानमन्त्री प्रचण्डले विपदपछिको राहत र पुनर्निर्माणका लागि समय तालिका बनाएर काम गर्ने बताएका हुन् ।