शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

लिखु संगम सहकारीको चाैधाैं वार्षिक साधारणसभाबाट सर्वसहमत अध्यक्षमा श्रेष्ठ निर्वाचित

आईतवार २९ पुष, २०८० विचारवाटिका 1939


लिखु संगम सहकारीको चाैधाैं वार्षिक साधारणसभाबाट सर्वसहमत अध्यक्षमा श्रेष्ठ  निर्वाचित

पुष २९ काठमाडौं ,लिखु संगम बचत तथा ऋण सहकारी संस्था लि.काे चाैधाैं वार्षिक साधारणसभा बाट नीर बहादुर श्रेष्ठ सर्वसहमत अध्यक्षमा निर्वाचित हुनुभएको छ ।

पूर्व प्रशासक बाबुराम सापकोटाको प्रमुख आतिथ्य तथा सहकारीको अध्यक्ष श्रीराम श्रेष्ठको अध्यक्षतामा आयाेजना गरिएकाे वार्षिक साधारणसभा बाट अध्यक्षमा श्रेष्ठ सगै उपाध्यक्ष दिल बहादुर श्रेष्ठ ,सचिव मीन बहादुर श्रेष्ठ ,काेषाध्यक्ष धुर्व कुमार श्रेष्ठ र सदस्यहरूमा क्षेत्र बहादुर नेवार,चिनिमाया कार्की ,प्रमिला श्रेष्ठ लेखा समिति संयाेजकमा बलराम कडरिया सर्वसहमत निर्वाचित हुनुभएको थियाे।

 साधारणसभामा पूर्व प्रमुख सेनानी चिरञ्जीवी काेइराला,जिल्ला कृषि सहकारी संघ रामेछापका काेषाध्यक्ष भानुभक्त श्रेष्ठ ,चमेली बचत तथा ऋण सहकारी संस्थाकाे सचिव मिठाराम न्याैपाने ,सूर्यज्याेती लाइफ इन्स्योरेन्स कम्पनी लि.का ब्रान्च मेनेजर गिता डांगी, सेनानी कृष्ण देव शाह ,भाग्यरेखा बहुउद्देश्यीय सहकारी संस्थाका काेषाध्यक्ष प्रविन श्रेष्ठ ,बुद्धि कुमार श्रेष्ठ ,इन्द्र कुमार श्रेष्ठ ,गणेश कुमार श्रेष्ठ ,देबेन्द्र खालिङ्ग राई,सुरेन्द्र कुमार राई अतिथि रहनु भएकाे थियाे ।

 

चार सयकाे हाराहारीमा शेयर सदस्यहरूकाे उपस्थिति रहेकाे चाैधाैं वार्षिक साधारणसभाले सम्पूर्ण पदाधिकारी सञ्चालक समिति सदस्य तथा लेखा समिति संयाेजक सर्वसहमत निर्वाचित गर्नुका साथै अध्यक्ष श्रीराम श्रेष्ठ द्वारा प्रस्तुत वार्षिक प्रगति प्रतिवेदन तथा भावि कार्ययोजना प्रतिवेदन ,सचिव धुर्व कुमार श्रेष्ठ द्वारा प्रस्तुत वार्षिक कार्ययोजना प्रतिवेदन ,काेषाध्यक्ष दिल बहादुर श्रेष्ठ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन ,ऋण उपसमिति संयाेजक नीर बहादुर श्रेष्ठ द्वारा प्रस्तुत ऋण प्रतिवेदन र लेखा समिति संयाेजक बलराम कडरियाद्वारा प्रस्तुत लेखा प्रतिवेदन समेत बहुमतले पास गरेकाे थियाे ।

तस्बिर: खिल बहादुर श्रेष्ठ




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु