शनिबार १२ श्रावण, २०८१ (Saturday July 27, 2024)

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ बिजयी

शुक्रबार २६ माघ, २०८० विचारवाटिका 1247


एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ बिजयी

एमाले दोलखाको अध्यक्षमा श्रेष्ठ बिजयी माघ २५ नेकपा (एमाले) दोलखाको अध्यक्षमा नरबहादुर श्रेष्ठ निर्वाचित भएका छन् । आज सम्पन्न भएको १०औं जिल्ला अधिवेशनको निर्वाचन परिणाममा प्रतिस्धर्पी इश्वरचन्द्र पोखरेल र भरत दुलाललाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा बिजयी भएका हुन् ।

श्रेष्ठले ३ सय ३३ मत प्राप्त गरी जिजयको झण्डा फहराउनु भएको हो । उहाँले निकटतम प्रतिद्धन्द्धी इश्वरचन्द्र पोेखरेलाई ९५ मतान्तरका साथ पराजित गर्नुभएको छ । पोखरेलले २ सय ३८ मत पाउनु भएको छ । यस्तै अर्का उम्मेदवार भरत दुलालले ३८ मत मात्रै पाएका छन् ।

बिजयी श्रेष्ठ ९औं अधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका थिए । यसपटक पनि पुनः निर्वाचित भएका हुन् । यसैगरी उपाध्यक्षमा राजेन्द्र मानन्धर बिजयी भए । 

मानन्धरले प्रतिस्पर्धी हिरा थोकरलाई ७३ मतान्तरले पराजित गरेका छन् । उपाध्यक्षका अर्का उम्मेदवार थोकरले २ सय ६३ मत पाएका हुन् । नवौं अधिवेशनमा पत्रकारिता क्षेत्र त्यागेर एमालेको जिल्ला उपाध्यक्ष भई सक्रिय राजनीतिमा लाग्नुभएका मानन्धर दोश्रो कार्यकालका लागि निर्वाचत भए ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु