मंगलवार १६ बैशाख, २०८२ (Tuesday April 29, 2025)

नेकपा (एमाले) गाेठगाउँ वडा कमिटीको अध्यक्षमा थापा सर्व सहमत निर्वाचित 

बुधबार ५ बैशाख, २०८१ विचारवाटिका 1563


नेकपा (एमाले) गाेठगाउँ वडा कमिटीको अध्यक्षमा थापा सर्व सहमत निर्वाचित 

बैशाख ५ रामेछाप , नेकपा ( एमाले) गाेठगाउँ वडा कमिटीको अध्यक्षमा नर बहादुर थापा सर्व सहमत निर्वाचित हुनुभएको छ ।


बैशाख चार गते नेकपा ( एमाले ) केन्द्रीय प्रतिनिधि परिसदकाे सदस्य राजकुमार श्रेष्ठको प्रमुख आतिथ्य वडा कमिटी अध्यक्ष संजय कुमार थापाकाे अध्यक्षता तथा बागमती प्रदेश कमिटी सदस्यहरू शान्ति प्रसाद पाैडेल,गाेपाल श्रेष्ठ ,सीता कुमारी खत्री,रामेछाप जिल्ला कमिटीको अध्यक्ष आनन्द कुमार श्रेष्ठ लगायत पदाधिकारी तथा सदस्यहरू, रामेछाप -काठमाडौं सम्पर्क मञ्चको उपाध्यक्ष दिलिप श्रेष्ठ , नगर कमिटीको अध्यक्ष राेशन पाख्रीन लगायत पदाधिकारी तथा सदस्यहरू रामेछाप -काठमाडौं क्षेत्रीय सम्पर्क मञ्चको उपाध्यक्ष कुमार श्रेष्ठ ,साघुटार वडा कमिटी अध्यक्ष रामकुमार खत्री ,देउराली वडा कमिटी अध्यक्ष रमेश बख्रेल , गाेठगाउँ -काठमाडौं सम्पर्क मञ्चको अध्यक्ष शंकर बस्नेत लगायतको आतिथ्यमा सम्पन्न भएकाे गाेठगाउँ वडा कमिटीको दाेस्राे सम्मेलन बाट अध्यक्षमा थापा सगै उपाध्यक्षमा शिर कुमारी श्रेष्ठ (सिर्जना ) सचिवमा बल बहादुर श्रेष्ठ र उपसचिवमा दिपक नेपाली र सरिता वर्मशाखा लगायत १९ सदस्यीय वडा कमिटी सर्व सहमत निर्वाचित भएकाे नेकपा (एमाले )रामेछाप जिल्ला कमिटी सदस्य बिमल कठायतले जानकारी गराउनु भयाे ।


दाेस्राे वडा सम्मेलनमा निरन्तर पार्टीलाई सहयाेग पुर्‍याउदै आउनु भएका जेष्ट नागरिकहरू टेकबहादुर भण्डारी ,डम्बरबहादुर कार्की ,जय बहादुर कठायत,देवी बहादुर चुवान,पहल बहादुर कार्की ,नर बहादुर थापा,कटक बहादुर कार्की ,वेद बहादुर बस्नेत ,टेक बहादुर बुढाथोकी ,माेहन बहादुर खत्री,सूर्य बहादुर नेपाली ,हरि बहादुर कार्की ,धन बहादुर कार्की ,मुकुन्द कार्की ,वीर बहादुर मङग्रान्ती, गणेशबहादुर श्रेष्ठ ,ज्ञान प्रसाद श्रेष्ठ र वीर बहादुर श्रेष्ठलाई सम्मान समेत गरेकाे थियाे।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु