आईतवार २४ कार्तिक, २०८२ (Sunday November 09, 2025)

कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन : नेपाल भेटेरिनरी एशोसिएशन

आईतवार ६ जेष्ठ, २०८१ विचारवाटिका 1512


कुखुराबाट हल्ला फैलिए जस्तो मानिसमा रोग सर्दैन : नेपाल भेटेरिनरी एशोसिएशन

 

जेड ६ काठमाडौं ,बजारमा हल्ला फैलिए जस्तो ब्रोइलर कुखुराको रोग मानिसमा पनि लाग्न सक्ने तथ्यमा कुनै सत्यता नरहेको नेपाल भेटेरिनरी एशोसिएशनले स्पष्ट पारेको छ ।

एशोसिएशनका अध्यक्ष डा. रामकृष्ण खतिवडा र महासचिव डा. केदार सुवेदीले संयुक्त रूपमा जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा ‘ब्रोइलर कुखुरामा लागेको रोग मानिसमा पनि देखापरेको छ’ भन्ने भनाइमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ ।

केही व्यक्तिले वैज्ञानिक तथ्य र कारणबिना नै सामाजिक सञ्जालमा भ्रामक पोष्ट गरी जनमानसमा त्रास सिर्जना गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘बोइलर कुखुराको मासु सेवनबाट बजारमा हल्ला फैलिए जस्तो कुनै पनि रोग मानिसमा सर्दैन,’ विज्ञप्तिमा भनिएको छ । त्यस्ता नकारात्मक र गलत जानकारीमा विश्वास नगर्न पनि एनभिएले आग्रह गरेकाे छ ।

भ्रामक र अवैज्ञानिक जानकारीलाई सामाजिक सञ्जालमा सम्प्रेषण गर्ने काम तत्काल बन्द गर्न र गलत जानकारी प्रवाह गर्ने व्यक्तिलाई तत्काल कारबाही गर्न पनि एशोसिएशनले माग गरेको छ ।

थप जानकारीको लागी नेपाल भेटेरिनरी एशोसियसनका महासचिव डा. केदार सुवेदी ९८५१०३४८४० लाई सम्पर्क गर्न सक्नुहुनेछ ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु