बुधबार १० असार, २०८३ (Wednesday June 24, 2026)

आज ललितपुर महानगरपालिका मातहतको कार्यालयमा स्थानीय बिदा ।

बुधबार ९ जेष्ठ, २०८१ विचारवाटिका 1553


आज ललितपुर महानगरपालिका मातहतको कार्यालयमा  स्थानीय बिदा ।

जेठ ९ ललितपुर ,ललितपुर महानगरले राताे मच्छिन्द्रनाथकाे रथयात्राकाे क्रममा आज नरिवल  खसाल्ने शुभ मुहुर्त भएकाेले  ललितपुर महानगर कार्यालय र मातहतको कार्यालयमा आज स्थानीय बिदा  दिएकाे हाे।
महानगरकाे प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले हिजाेजारी गरेकाे सुचनामा महानगरकाे नगर कार्यपालिकाकाे बैशाख १८ गते बसेकाे बैठकले नरिवल खसाल्ने दिन बिदा दिने निर्णय  बमोजिम जेठ ९ गते बुधबार बिदा दिएकाे उल्लेख गरियकाे छ ।
 महानगरपालिकामा मनाइने नेपालकै लामाे र ऐतिहासिक राताे मच्छिन्द्रनाथकाे रथयात्रा रथ तान्ने क्रममा नरिवल खसाल्ने दिन उल्लेख्य भक्तजनको भिडभाड हुने र धार्मिक महत्त्वकाे दिन समेत भएकाेले बिदा दिने निर्णय भए बमोजिम ललितपुर महानगरपालिका र महानगरकाे मातहतको कार्यालयमा स्थानीय बिदा दिएकाे सुचनामा उल्लेख गरिएकाे छ ।




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु