आईतवार १६ मंसिर, २०८१ (Sunday December 01, 2024)

लिखु तामाकोसी गाउँपालिका प्रमुखलाई बुझायो नेकपा ( एमाले ) ले १५ बुदे याेजनाकाे सूची ।

बिहीबार ७ असार, २०८१ विचारवाटिका 1511


लिखु तामाकोसी गाउँपालिका प्रमुखलाई  बुझायो नेकपा ( एमाले ) ले १५ बुदे याेजनाकाे सूची ।

असार ६ रामेछाप ,नेकपा( एमाले)ले लिखु तामाकोसी गाउँपालिका कमिटीले साेही गाउँपालिका प्रमुखलाई आउने   आर्थिक बर्षमा पालिकामा समावेश गर्नुपर्ने न्यूनतम याेजनाहरू कार्यान्वयनकाे लागि १५ बुदे याेजनाकाे सूची बुझाएको छ ।
  नेकपा ( एमाले ) ले स्थानीय निर्वाचन २०७९काे घाेषणा पत्र, प्रतिबद्धता पत्र ,नीतिगत मार्ग निर्देशनलाई आधार मानी आउने आर्थिक वर्षमा विनियोजन हुने बजेट बाट न्यूनतम याेजनाहरू कार्यान्वयन गर्न गाउँपालिका प्रमुख केशव महतकाे ध्यानाकर्षण गराएकाे छ ।


  नेकपा ( एमाले) लिखु तामाकोसी गाउँपालिका कमिटी अध्यक्ष केशर बहादुर पाैडेल, लिखु तामाकोसी गाउँपालिका वडा नं. ६ खिम्तीकाे वडा अध्यक्ष एवम्  नेकपा ( एमाले ) का नेता शिव प्रसाद न्याैपानेले गाउँपालिका प्रमुखलाई प्रमुखकै कार्यकक्षमा भेटी आउने आर्थिक बर्षमा समावेश गर्नुपर्ने न्यूनतम याेजनाहरूकाे सूची बुझाउनु भएकाे थियाे ।

 




यसमा तपाइको मत

Captcha

सम्बन्धित शीर्षकहरु