शुक्रबार ६ जेष्ठ, २०७९
जेष्ठ ६, सत्ता गठबन्धनको उम्मेदवारलाई हराउँदै मेयर र उपमेयर दुवै पदमा नेकपा (एमाले)ले जितेको छ ।
बाराको कलैया उपमहानगरपालिकाको मेयरमा पदमा विनोद साह र उपमेयरमा रौशन परविन निर्वाचित भएका हुन् ।
साहले २४ हजार १३९ मत ल्याएर विजयी हुँदा पाँच दलीलय सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका राजेशराय यादवले १८ हजार ५४० मत ल्याए ।
उपमेयरमा निर्वाचित परविनले १९ हजार २५१ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनबाट उम्मेदवार बनेका जनता समाजवादी पार्टी (जसपा) का प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाएका छन् ।